
प्रेस सेन्टरको नवनिर्वाचित जिल्ला समितिका पदाधिकारी, सदस्य तथा केन्द्रिय प्रतिनिधिहरु लाई नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका पोलिटव्युरो सदस्य राजकाजी गुरुङ, केन्द्रीय सल्लाहकार कोमलनाथ बराल लगायतले वधाई तथा शुभकामना व्यक्त गरेका थिए । नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक छिट्टै वसी सल्लाहकार चयन तथा संगठनका आगामी कार्ययोजनाहरु सार्वजनिक गर्ने नवनिर्वाचित अध्यक्ष विभु भुषालले जानकारी दिए ।
यसअघि एकता अधिवेशनको उद्घाटन गर्दै माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुषालले सत्तारुढ दल नेकपा एमाले तथा माओवादी केन्द्र बीच भएको ९ वुुँदे तथा भद्र सहमति कार्यान्वयन गरिनुपर्नेमा जोड दिइन् । तराई मधेषका मागहरु सम्वोधन गर्न, भूकम्प पछिको पुनःनिर्माण, द्वन्द्वकालिन मुुद्धाहरुको समाधान तथा संविधानको कार्यान्वन गर्न दुई दलवीच भएको सहमतिको कार्वान्वयन गर्नुको विकल्प नभएको उनको भनाइ थियो । मुलुकमा विद्यमान समस्याहरु समाधान गर्न मुख्य राजनीतिक दलहरु मिल्नुको विकल्प नभएको भन्दै उनले जुन राजनीतिक दलले सहमति जुटाउन सक्छ उसनै सरकारको नेतृत्व गर्ने बताइन ।
माओवादी केन्द्रका पोलिटव्युरो सदस्य राजकाजी गुरुङ (करण)ले विभिन्न समूहमा विभाजित माओवादी पार्टीहरु एकभएपछि आम कार्यकर्ता तथा जनमानसमा उत्साह थपेको भन्दै अव माओवादीको विजयका दिनहरु आएको बताए ।
सम्मेलन आयोजक समितिका संयोजक दिपक परियारको अध्यक्षतामा भएको उद्घाटन सत्रमा माओवादी केन्द्रका सल्लाहकार तथा प्रेस सेन्टरका सल्लाहकार कोमलनाथ बराल, प्रेस सेन्टरका केन्द्रीय सदस्य तथा प्रदेश नं ४ का ईन्चार्ज एलपी वञ्जारा, प्रदेश संयोजक त्रिभुवन पौडेल, सह–संयोजक रुद्र श्रीस, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुस्मा पौडेल, पत्रकार महासंघ कास्की शाखाका अध्यक्ष रामकृष्ण ज्ञवाली, प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष रमेश पौडेल, प्रेस चौतारी कास्कीका अध्यक्ष माधव बराल, क्रान्तिकारी पत्रकार संगठन कास्कीका अध्यक्ष माधव पनेरु, प्रेस सोसाईटी कास्कीका संयोजक आरजु विष्ट सल्यानी तथा प्रेस सेन्टरका केन्द्रीय सदस्य घनश्याम पाण्डे लगायतले आ–आफ्नो भनाइ राखेका थिए ।
Post a Comment