0
गोल्डेन न्यूज संवाददाता
हरियो वन कार्यक्रम, अनुसन्धान तथा सर्वेक्षण विभाग र राष्ट्रिय प्रकृति संरक्षण कोषको सहयोगमा संरक्षण विकास फाउन्डेसनले बाह्य मिचाहा प्रजाति व्यवस्थापन रणनीति २०१६ तयार गर्ने भएको छ । रणनीति तयार गर्ने सन्दर्भमा फाउन्डेसनद्वारा पोखरामा आयोजित अन्तक्र्रियामा फाउन्डेसनका अध्यक्ष शैलेन्द्र पोखरेलले नेपालमा बाह्य मिचाह प्रजाती बढिरहेको अवस्थामा यसको व्यवस्थापन अपरिहार्य भएका कारण रणनीति तयार गर्न लागिएको बताए ।
रणनीति तयार गर्न सम्बद्ध पक्षबीच ठाउँ ठाउँमा अन्तक्र्रिया भइरहेको जानकारी दिँदै उहाँले हालसम्म मोरङ, कोसी टप्पु, चितवन र बर्दीयामा सरोकारवाला बीच अन्तक्र्रिया गरिसकिएको बताए । त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा विके शर्माले सरोकारवालाबीचको छलफलबाट आएको सुझाव समेटेर आगामी साउन १ गते रणनीतिको खाका तयार गरिने र उक्त खाका तयार भएपछि काठमाडौंमा वृहत् कार्यशाला सञ्चालन गरिने बताए । उनका अनुसार आगामी भदौ १ गतेसम्म रणनीतिलाई अन्तिम रूप दिएर राष्टिू« प्रकृति संरक्षण कोष मार्फत सरकारलाई बुझाइने छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका व्यवस्थापन अधिकृत एवम् अन्नपूर्ण संरक्षण क्षेत्रका सम्पर्क अधिकृत नारायण रूपाखेतीले नेपालमा पार्थेनियम (गाजरे झार) माइलएमिने (वनमारा) जस्ता मिचाहा वनस्पतिको प्रकोप बर्सेनि बढिरहेको बताए ।

Post a Comment

 
Top