0
गोल्डेन न्यूज संवाददाता
नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाको उपचारमा संलग्न चिकित्सकहरुले उनको स्वास्थ्यमा आएको सुधारलाई चमत्कारको संज्ञा दिएका छन् । तर, अझै खतरामुक्त भने नरहेको बताएका छन् । कोइराला मंगलबार साँझ ओम अस्पताल भर्ना भएका थिए । तर, राति बेहोस् भएपछि अवस्था गम्भिर बनेको थियो । उनलाई निमोनिया भएको थियो  ने रगतमार्फत शरीरको सबै भागमा संक्रमण फैलिएको थियो । तर, बुधबार साँझबाट भने उनको स्वास्थ्यमा सुधारको संकेत देखिएको थियो । बिहीबार दिउँसो उनलाई भेन्टिलेटरबाट निकालिएको छ । र, साँझ अस्पतालले पत्रकार सम्मेलन गरेर कोइरालाको स्वास्थ्य निकै सुधार भएको बताए ।यो एक प्रकारको चमत्कार नै भएको कोइरालाको उपचारमा संलग्न डा. लव जोशीले बताए । ‘पहिला (हिजो) बचाउन सकिन्छ कि सकिँदैन भन्ने थियो’ उनले भने, होसमा ल्याउन हामीले आधा घन्टासम्म प्रयास गर्छौं । तर, उहाँ छिट्टै रिकभर हुनु भो । उसलाई एक प्रकारको चमत्कार नै मान्नुपर्छ ।’यसैबीच चिकित्सकहरुले कांग्रेस महामन्त्री शशांक अझै खतरामुक्त भन्न नसकिने बताएका छन् । उनलाई अझै १२ घन्टासम्म चिकित्सकको निगरानीमा राखिनेछ । र, स्वास्थ्यमा फेरि समस्या आए भेन्टिलेटरमा राख्नुपर्ने हुन सक्ने चिकित्सकहरुको भनाइ छ । पत्रकार सम्मेलनमा शशांकका दाजु समेत रहेका कांग्रेस नेता डा. शेखर कोइराला पनि उपस्थित थिए ।


Post a Comment

 
Top