0
कास्कीको लेखनाथ नगरपालिका बरपाण्डेथुममा सामुदायिक पुस्तकालयमा महिलाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । हाइ वन होप सामुदायिक पुस्तकालयमा भएको अन्तरक्रिया कार्यक्रममा अस्टे«लियन स्कूल लाइव्रेरी एशोशिएसन न्यू साउथ वेल्सकी अध्यक्ष मिचेल जेनसन, अष्टे«लियामा गणित अध्यापन गराउने शिक्षक राफेल फेन्टसिया, नेपाल सामुदायिक पुस्तकालय परिचालिका संगठन, नेपालकी अध्यक्ष शारदा शिवाकोटी, नेपाल मानवअधिकार संगठनका केन्द्रीय सदस्य जंगबहादुर भुजेल लगायतका अतिथिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा अस्टे«लियन स्कूल लाइव्रेरी एशोसियसन न्यू साउथ वेल्सकी अध्यक्ष मिचेल जेनसनले संस्थाको विविध गतिविधि बारे प्रकाश पारेकी थिइन । नासालले देशका विभिन्न विद्यालयका पुस्तकालयमा विभिन्न विषयमा पाठ्यपुस्तकहरु उपलब्ध गराउने तथा लाइव्रेरी व्यवस्थित सञ्चालनका तालिम प्रदान गर्दै आएको छ ।

Post a Comment

 
Top