0
गोल्डेन न्यूज संवाददाता
कास्कीको लेखनाथमा शनिवार सम्पन्न भेलाले नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ क्षेत्र नं १ कास्की गठन गरेको छ। भेलाले गोपाल थापाको संयोजकत्वमा २९ सदस्यीय तदर्थ समिति गठन गरेको कास्की काङ्ग्रेसका सदस्य नवीन सिग्देलले जानकारी दिए। समितिको उपाध्यक्षमा कुमार गुरुङ, सचिवमा मदन मल्ल, सहसचिवमा थमन गुरुङ, कोषाध्यक्षमा विकास रानाभाट र सह–कोषाध्यक्षमा सुवाष भण्डारी छन्। समितिको सदस्यमा नवराज सुनार, प्रताप बाँनिया, कुमारबहादुर थापा क्षत्री, बुद्व परियार, भिमराज पुन, यामबहादुर गुरुङ, सुरज सुनार, सुजन पौडेल, कुमार गुरुङ, परिवेश ओझा, राजबहादुर राजभाट, नसुर मियाँ, दिनेश गुरुङ, विशाल गुरुङ, सन्तोष गुरुङ, शुशिलराज गौतम, विक्रम क्षत्री, चन्द्रबहादुर राना मगर, देवीजङग गुरुङ, श्रीराम अधिकारी, प्रविण गुरुङ र सन्तोष रानाभाट छन्।  भेलाको उद्घाटन गर्दै कास्की काङग्रेसका सभापति कृष्ण के.सीले काङ्ग्रेसका युवाहरुले सदैव जनहितको पक्षमा बोल्नुपर्ने बताए। नेपाल लोकतान्त्रिक खेलकुद सङ्घका केन्द्रीय सभापति देवेन्द्रकुमार शेरचनले प्रत्यक निर्वाचन क्षेत्रहुदै गाउँ÷गाउँसम्म सङ्घ विस्तार गरिने बताए। कार्यक्रममा नेपाली काङग्रेस क्षेत्र नं. १ कास्कीका सभापति बृजमान गुरुङ, नेपाली काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि गिरिराज गौतम, पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष प्रकाश मोहन खनाल, नेपाली काङ्ग्रेस कास्कीका सदस्यहरु युवराज कुँवर, देवेन्द्र रानाभाट, नेपाल प्रेश युनियनका केन्द्रीय सदस्य ऋषिकान्त पौडेल, नेपाल महिला सङ्घ लेखनाथकी कार्यवाहक सभापति लक्ष्मी पौडेल, तरुण दल लेखनाथ सभापति सागर गुरुङ, नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ कास्कीका उपाध्यक्ष आशबहादुर गुरुङले बोलेका थिए।  नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ कास्कीका सभापति ओम बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भेला आयोजक समितिका संयोजक किरण थापाले स्वागत र प्रकाश बरालले सञ्चालन गरेका थिए।




Post a Comment

 
Top