0
गोल्डेन न्यूज संवाददाता
नेकपा एमाले वडा कमिटी पोखरा–९ ले मंगलवार मुटु सम्वन्धी विरामी पोखरा–९ गणतान्त्रिक टोल निवासी तेजवहादुर नेपालीलाई उपचारका लागि आर्थिक सहयोग गरेको छ । सहयोग स्वरुप ९ हजार ४० रुपैयाँ कार्यक्रममा प्रमुख अतिथी नेकपा एमाले कास्की सदस्य राधिका योगी र वडा कमिटी अध्यक्ष प्रकाश शर्माले विरामी नेपालीलाई सहयोग हस्तान्तरण गरेको थिए । सहयोग हस्तान्तरण गर्दै प्रमुख अतिथि योगीले विरामी नेपालीको स्वस्थ्यलाभको कामना गरिन् । उनले उपचारमा कठिनाई भएका गरिव जनताको स्वास्थ्य उपचारका लागि नेकपा एमाले पोखरा–९ ले सहयोग जुटाई विरामी नेपालीको आँशु पुस्ने काम गरेको बताईन् । पोखरा नगर समन्वय कमिटी सदस्य श्यामलाल श्रेष्ठ,वडा सल्लाहकार सभापति दामोदर शर्मा, दिलमाया गुरुङ्ग, प्रेम गुरुङ्ग, कन्याकुमारी गुरुङ्ग,लक्ष्मी गुरुङ्ग, प्रकाश रानामगर, ओम नेपाली, भिम नेपाली, लक्ष्मी विक, जितबहादुर मोक्तान लगायतको उपस्थिति रहेको कार्यक्रमको अध्यक्षता प्रकाश शर्माले गरेका थिए । विरामी नेपालीको सहिद गंगालाल ह्ृदय केन्दमा उपचार भैरहेको छ।

Post a Comment

 
Top