0
गोल्डेन न्यूज संवाददाता
पोखरा उपमहानगर पालिका वडा महिला समन्वय समिति वडा नं १५ को आयोजनामा संचालीत दुई दिने अचार वनाउने तालिम शुक्रवार सम्पन्न भएको छ । तालिमको समापन गर्दै प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुष्मा पौडेलले सिकेका कुरा व्यवहारमा उतार्न अनुरोध गरिन अचार वनाउने तालिम हरेक महिलालाई उपयोगि हुने भन्दै सिकेका सिपलाई व्यवसायिक रुपमा अगाडी वडाउनुपर्ने आवश्यकता औल्याइन् । त्यस्तै वडा नागरिक मंचका सह–संयोजक गीता भण्डारीले महिला शसक्तिकरणका लागि सिप अत्यावश्यक हुने वताइन् । आमा समुहका अध्यक्ष प्रेम कुमारी थापाले यस्ता तालिमहरुलाई निरन्तरता दिनुपर्नेमा जोड दिइन् । प्रशिक्षक अनिता झाले आफु सँग भएको सिप वाढ्न पाएकोमा खुसी व्यक्त गरिन् । अध्यक्ष पार्वती ढुङ्गानाले यस्ता खालका कार्यक्रमहरुलाई निरन्तरता दिइने धारणा व्यक्त गर्दै महिला शसक्तिकरणका लागि आफै जागरुक हुनुपर्ने धारणा व्यक्त गरिन् । अध्यक्ष कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव कल्पना थापाले गरेकि थिइन् । पोखरा उप महानगरपालिकाको सहयोगमा सञ्चालित तालिममा विभिन्न आमा समूह तथा टोल विकास संस्थाका ४० भन्दा वढी महिलाको सहभागिता रहेको थियो । यसैगरी राष्ट्रिय परोपकार महासंघ पोखरा १५को आयोजनामा सिद्ध परोपकार बौदिकगुरुकुल आश्रमका वटुकहरुको क्षमता विकासका लागि आयोजित विविध विषयको सात दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । योग, संगीत, नेत्तृत्व विकास, साहित्य सृजना, आयुवेर्दिक, खेलकुद लगायतको विषयमा संचालीत प्रशिक्षण कार्यक्रममा गुरुकुल आश्रममा ५० भन्दा वढी वटुकहरुको सहभागिता रहेको थियो । तालिमको समापन गर्दै प्रमुख अतिथि जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले राज्यले गर्नुपर्ने काम राष्ट्रिय परोपकार महासंघले गरेको भन्दै जस्तो नाम उस्तै काम भएको वताए । उनले गुरुकुल आश्रमका वटुकहरुको क्षमता विकासका लागि आयोजना गरिएको कार्यक्रमहरुले उनीहरुको प्रतिभा प्रस्फुटन गराउन सहयोग पुग्ने भन्दै हरेक विद्यालयले यस्ता खालका कार्यक्रमहरु आयोजना गर्नुपर्ने आवश्यकता औल्याए । कार्यक्रमम प्रशिक्षकहरु संगितकार तीर्थराज पोख्रेल, खेलकुद धावक शंकर शाह, साहित्यकार छन्दमणी, पत्रकार सुष्मा पौडेल, चित्रकार जगत पुन, वैद्ध मिना केसी, योग प्रशिक्षक उशा गोसेली, लक्ष्मी गुरुङ र दिपक सिग्देललाई सम्मान गरेका थिए । कार्यक्रममा सहायक जिल्ला शिक्षा अधिकारी केदारराज आचार्यले जिल्ला शिक्षा कार्यलयले आगामी दिनमा विद्यालयको संरक्षणका लागि तथा शैक्षिक विकासका लागि समन्वयात्मक भूमिका खेल्ने प्रतिवद्धता व्यक्त गरे । राष्ट्रिय परोपकार महासंघका केन्द्रीय अध्यक्ष युवा पं. कमल नयन गौतमले राष्ट्रिय परोपकार संस्था र संस्थाका गतिविधिवारे जानकारी गराउदै सेवा नै धर्म भएको वताए ।  कार्यक्रममा प्रशिक्षकका तर्फवाट तिर्थ पोख्रेलले वोलेका थिए भने परोपकार नारी समूहकी पुष्पा भण्डारी लगायतले बोलेका थिए । पोखरा उपमहानगर पालिका सह आयोजक रहेको कार्यक्रममा सहभागि विद्यार्थीहरुले आफ्नो कला प्रर्दशन तथा अनुभव व्यक्त गरेका थिए । कार्यक्रममा स्वागत मंतव्य जिल्ला अध्यक्ष ललित कुवरले गरेका थिए भने सञ्चालन राजु वरुवालले गरेका थिए । यसैगरी वडा समन्वय आमा महिला समुह पोखरा ५को आयोजनामा महिला शसक्तिकरणका लागि आयोजना गरिएको तिन दिने नेत्तृत्व विकास तथा उद्घोषणकला सम्वन्धी तालिम सम्पन्न भएको छ । तालिमको समापन गर्दै प्रमुख अतिथि टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष उज्जल खत्रिले सिकेका कुरा व्यवहारमा उतार्न अनुरोध गरे । उनले विचार र वोली मानिसको शसक्ति भएको वताउद सफल र असफल वनाउनमा विचार र वोलीले मानिसलाई  प्रभावित तुल्याउनेमा जोड दिए । साथै यस्ता तालिमलाई निरन्तरता दिनुपर्नेमा समेत जोड दिएका थिए । तालिममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुष्मा पौडेल र रेडियो गण्डकीका इस्टेसन मेनेजर घनश्याम पाण्डेले प्रशिक्षण दिएका थिए । कार्यक्रममा प्रशिक्षकहरुलाई समेत सम्मान गरिएको थियो भने सहभागिहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।
अध्यक्ष कालिका थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नं ५ भित्रका विभिन्न टोल विकास संस्था तथा आमा समुहहरुका ६० भन्दा वढी प्रतिनिधीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा वडा नागरीक मंचका संयोजक अञ्जु केसी , रेडक्रस सोसाइटी शाखाका अध्यक्ष बुद्धी सागर खनालले सिकेका कुराहरु व्यवहारमा उतार्न सहभागीलाई अनुरोध गरेका थिए । कार्यक्रममा विभिन्न आमा समुहका अध्यक्षले शुभकामना मंतव्य तथा सहभागी सवैले आफ्नो अनुभव व्यक्त गर्दै तालिम उपलव्धीमुलक भएपनी समय भने छोटो भएको वताएका थिए ।





Post a Comment

 
Top