0
गोल्डेन न्यूज संवाददाता
नेपाली कांग्रेस नगर वडा कार्यसमिति लेखनाथ–१८ को बैठक विभिन्न निर्णयहरु गर्दै सोमबार सम्पन्न भएको छ। समितिको कार्यालय भरतपोखरी वरविर्तामा भएको बैठकले सल्लाहकार समिति गठन गर्नुका साथै वडामा पार्टीका भातृ संस्थाको गठन र घाईते नेपाली कांग्रेसका विभिन्न तहका नेताहरुको स्वास्थ लाभको कामना समेत गरेको वडा सभापति दिनेश आचार्यले जानकारी दिए । बैठकले वडा कार्य समितिको सल्लाहकार समितिमा नेपाली कांग्रेस साविकको भरतपोखरीका संस्थापक सदस्य यज्ञप्रसाद आचार्य, नेपाल महिला संघ जिल्ला कार्य समिति कास्की सदस्य शान्ता पौडेल र नेपाल शिक्षक संघ जिल्ला कार्य समतिका सदस्य कमल पौडेललाई चयन गरेको छ । यस्तै बैठकले वडामा पार्टीलाई चुस्त दुरुस्त राख्नको लागि पार्टीका विभिन्न भातृ संस्थाहरुः महिला संघ, तरुण दल र नेपाल विद्यार्थी संघ समेत गठन गर्ने निर्णय गरेको हो । यसका साथै बैठकले विभिन्न सडक दुर्घटनामा परि घाईते हुनुभएका नेपाली कांग्रेसका नेताहरुः महासमिति सदस्य एवं कास्की क्षेत्र नम्बर ४ का निवर्तमान क्षेत्रिय सभापति आईबहादुर गुरुङ, लेखनाथ नगर सभापति राजेन्द्रमणि लामिछाने र नगर सदस्य कृष्ण प्रसाद अधिकारीको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको नगर वडा कार्यसमिति लेखनाथ १८ का सभापति दिनेश आचार्यले जानकारी दिए । घाईते द्वय गुरुङ र लामिछानेको पोखरा नयाँबजारको रहेको गण्डकी मेडिकल कलेजमा उपचार भई रहेको छ ।












Post a Comment

 
Top