0
लायन्स क्लब अफ पोखरा अन्नपूर्णको आफ्नो २९औं पदस्थापनको अबसरमा पत्रकार घनश्याम पाण्डेयलाई सम्मान गरिने भएको छ । क्लबको पदाधिकारी बैठकले पत्रकार पाण्डेयलाई सम्मान गर्ने निर्णय गरेको लायन बर्ष २०१५÷०१६ का अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले बताए । कार्यक्रमका कास्कीका प्रमूख जिल्ला अधिकमारी हरिप्रसाद मैनालीले पाण्डेलाई नगद १० हजार रुपैयाँ सहित सम्मानपत्र द्वारा सम्मान गर्ने भएको हो । २०३९ साउन ३० गते स्याङ्जाको स्वरेक–५ मा जन्मिएका पत्रकार पाण्डेयको पत्रकारिता जीवन २०६० देखि शुरु भएको हो । शुरुमा संवाददाता रहेर पत्रकारिता शुरु गरेका पाण्डेय हाल रेडियो गण्डकीको स्टेशन म्यानेजर हुन् । शुरुमा हिमचुली एफएफ पोखराबाट काम शुरु गरेका पाण्डेयले काठमाडांैको नेपाल एफएफएम नेटवर्क, रेडियो गण्डकी, गण्डकी टेलिभिजन, गण्डकी खबर, सामुदायिक सूचना नेटवर्क सिआइएनमा पोखरा रिपोर्टर भएर काम गरिसकेका छन् । विभिन्न सामाजिक संघ–संस्थामा क्रियाशिल पाण्डेय उद्घोषण तालिम, सकारात्मक सोच र नेतृत्व विकासका लागि विगत १० बर्षदेखि प्रशिक्षण पनि गराउँदै आएका छन् । उत्कृष्ट क्षेत्रीय रोयल सहकारी पुरस्कार, गण्डकी मिडिया हाउसले प्रदान गर्ने बेष्ट अफ स्टाफ अफ दि ईयरबाट दुईपटक सम्मानित भइसकेका छन् । नेपाल पत्रकार महासघद्वारा प्रदान गर्ने स्वर्गीय जगनाथ सिग्देल उत्कृष्ट पत्रकारिता पुरस्कार, उत्कृष्ट समाचारवाचक पुरस्कार, फ्लोरी कल्चर एशोसिएशन कास्की पुरस्कार २०७१, उत्कृष्ट क्षेत्रीय अर्गानिक पत्रकारिता पुरस्कार २०७०, पृथ्वी होटल व्यवसायी समिति पोखरा २०७२ र लायन्स क्बल अफ पोखरा माछापुच्छ«ेद्वारा सम्मानित भइसकेका छन् ।











Post a Comment

 
Top