0
 पश्चिमाञ्चल विकास क्षेत्रमा माटोको अवस्था २०७२÷ ०७३ को तथ्याङ्कलाई हेर्दा माटोमा ६४ प्रतिशत अम्लीयपना, २१ प्रतिशत तटस्थता र  १४ प्रतिशत क्षारीय माटो रहेको क्षेत्रीय माटो प्रयोगशालाको तथ्याङ्कमा देखिएको छ । पश्चिमाञ्चल विकास क्षेत्रका १६ जिल्लाको माटोको अवस्थालाई हेर्दा पहाडका ११ जिल्लामा भने सन्तोषजनक अवस्था देखिएको छ । उच्च पहाड अर्थात हिमाली जिल्ला मनाङ र मुस्ताङमा बढीमात्रामा क्षारीय युक्त माटो र तराईका रुपन्देही, नवलपरासी र कपिलबवस्तुमा नाइट्रोजन, प्राङ्गगारिक पदार्थ र पोटास ८० प्रतिशत भन्दा कम र  फस्पोरस युक्त माटो बढी रहेको छ । उच्च पहाडी र तराईका जिल्लाका तुलनामा पहाडका जिल्लाका माटोमा  बढी मात्रामा अम्लीय पन रहेको छ । माटोमा भएको अम्लीय पनालाई हटाउन कृषि चुन, प्राङ्गगारिक मलको प्रशस्त मात्रामा प्रयोग साथै किसानले प्रत्येक २÷२ बर्षमा माटो परीक्षण गराउनु पर्ने माटोमा सिफारिस मात्रामा कृषि चुन प्रयोग गर्नुपर्ने क्षेत्रीय माटो प्रयोगशालाका कार्यालय प्रमुख इन्द्र बहादुर ओलीको सुझाव छ  । अघिल्लो बर्षको तुलनामा भन्दा यस अािर्थक बर्षमा माटोमा अवस्थामा केही सुधार आएको क्षेत्रीय माटो प्रयोगशालाले जनाएको छ । विकास क्षेत्रका  रुपन्देही, पाल्पा , तनँहु जिल्लामा मिनी ल्याव प्रयोग शाला राखिएको छ । क्षेत्रीय प्रयोगशालामा एक बर्षमा ५÷ ६ सयको हारहारीमा किसानहरु माटो परीक्षणका लागि आउने गरेका छन् । क्षेत्रीय माटो प्रगोगशालाले बेला बेलामा विभिन्न कृषि सहकारी तथा कृषक समुह तथा जिल्ला कृषि विकास कार्यालयको सहकार्यमा घुम्ती शिविरको आयोजना गर्दे आएको छ। यसरी गरिएको शिविरमा लगभग ४÷ ५ हजारको संख्यामा किसानहरु माटो परीक्षण गर्न आउने गरेको जनाएको छ। 

Post a Comment

 
Top