0
गोल्डेन न्यूज संवाददाता
पोखरेली युवा साँस्कृतिक परिवारले प्रत्येक तीन तीन महिनाको तेस्रो शनिबार सञ्चालन गर्दै आएको समता कला कार्यशालाको ५२ औं शृङ्खला शनिबार पोखरा आर्ट ग्यालरी महेन्द्रपुल पोखरामा सम्पन्न भयो । कला कार्यशालाका सहभागी कलाकारहरुलाई सम्बोधन गर्दै वरिष्ठ कलाकार दुर्गा बरालले कलाकारले प्रकृतिसँग साक्षत्कार गर्नै पर्छ, तत्स्थानीय चित्राङ्कन गर्नु चुनौतीपूर्ण भए पनि त्यसलाई सफलतापूर्वक सम्पन्न गर्नु नै कलाकार सफल हुनुको रहस्य उद्घाटन गरे । तीसको दशकदेखि सुरु भएको तत्स्थानीय चित्राङ्कनले नै पोखरालाई पानी रङको सहरका रुपमा चिनाएको बताए । कार्यक्रममा कला नायक वरिष्ठ कलाकार लोकप्रसाद गुरुङले अग्रज र अनुजहरु एउटै थलोमा बसेर कला सिर्जना गरिने हुनाले अनुजहरुले यस्तो कला कार्यशाला छुटाउनै नहुने बताए । असार सिर्जनाको महिना हो झरिमा कलाकारले अनुभूत गरेका विम्बलाई पानी रङका माध्यमबाट क्यानभासमा उतार्नु आफैमा महत्वपूर्ण काम भएको जनाए ।कला कार्यशालमामा वरिष्ठ कलाकार दुर्गा बराल, बुद्धि गुरुङ, गोपाल श्रेष्ठ, लोकप्रसाद गुरुङ, मिलन शेरचन, पदम घले, विश्वराज पराजुली, नगेनसिंह ठकुरी, सूर्य बरायली, देवेन्द्र गुरुङ, गोपाल दरै, हेमकान्ती गुरुङ, लगायतका कलाकारले पानी रङ, होनानो ओसिआना माध्यमको प्रयोग गरि प्रकृति र जीवन जगतलाई कलामा उतारेका थिए । परिवारका अध्यक्ष सुरेश रानाभाटको सभापतित्वमामा सम्पन्न उक्त कला कार्यशालाको सञ्चालन सहसचिव सुरज उपाध्यायले गरेका थिए भने स्वागत र धन्यवाद ज्ञापन कला संयोजक  मिलन शेरचनले गरेकी थिइन ।




Post a Comment

 
Top