0
गोल्डेन न्यूज संवाददाता
लायन्स क्लब अफ पोखरा लेक भ्यालीले शनिबार एक कार्यक्रमको आयोजना गरि चार्टर डे सेलेब्रेसन, माईन्युट हस्तान्तरण तथा वृक्षारोपण गरेको छ । लायन बर्ष सन् २०१५÷२०१६ का अध्यक्ष ले सन् २०१६÷२०१७ का अध्यक्ष ईन्द्र भण्डारीलाई माईन्यूट हस्तान्तरण गरेका थिए ।  कार्यक्रमका प्रमुख अतिथि ध्रुव श्रेष्ठले उद्घाटन गर्दै लायन्सका सामाजिक कामहरु समाजसंग मिलेर गर्नुपर्ने बताउँदै क्लबका पदाधिकारीहरुले आफ्नो पदीय दायित्वबोध गर्नुपर्ने बताए । भिटोफ नेपालका सल्लाहकार प्रेम शर्माले लायन्सले गरेका काम माननीय भएको भन्दै मानवीय विकासमा लाग्नेले देश र विदेशमा राम्रो कार्य गर्न सक्ने बताए । सो अबसरमा संस्थापक अध्यक्ष राजेश पहारी र वर्तमान अध्यक्ष इन्द्र भण्डारीले संयुक्त रूपमा केक काटेर चार्टर डे सेलेब्रेसन गरिएको थियो । कार्यक्रममा जोन चियर पर्सन यदु अधिकारी, जिल्ला सल्लाहकार अनिला श्रेष्ठ, भगवान पहारी लगायतले क्लबले सामाजिक क्षेत्रमा अनुकरणीय काम गर्दै आएको बताए । साथै पोखरा ६ खहरेस्थित बंगलादी सामुदायिक भवन परिसरको २ रोपनी क्षेत्रमा बेल, रुद्राक्ष, आँप, लिची, अम्बा, नीम, पारीजात, कपुर लगायत फलफूलका वृक्षरोपण गरिएको कार्यक्रम संयोजक रामप्रसाद गौतमले बताए । क्लबका अध्यक्ष इन्द्र भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन पूर्व सचिव राजेन्द्र कोइरालाले गरेका थिए ।













Post a Comment

 
Top