0
गोल्डेन न्यूज संवाददाता
पत्रकार बालकृष्ण उग्रताराको स्मृतिमा उनको परिवारद्वारा स्थापित उग्रतारा स्मृति पत्रकारिता पुरस्कार २०७३ बाट पत्रकार रुद्रबहादुर थापा सम्मानित हुने भएका छन् । तिलक पराजुलीको संयोजकत्वमा गठित पाँच सदस्यीय प्रतिभा छनौट समितिले सिफारिस गरे बमोजिम पत्रकार थापालाई सम्मानित गर्न लागिएको सो पत्रिकाका प्रधान सम्पादक जमुना बर्षा शर्माले जानकारी दिएकी छन् । वि.सं. २०४३ सालबाट अवलोकन दैनिकमार्फत पत्रकारिता शुरु गरेका थापा हाल पोखराबाट प्रकाशित हुने आर्दश समाज दैनिकमा सह–सम्पादकको रूपमा कार्यरत छन् । पुरस्कार कम्तिमा पश्चिमाञ्चलमा १५ वर्ष पत्रकारिता गरेकालाई प्रदान गर्ने गरिएको छ । यस अघि उक्त पुरस्काबाट पाल्पाका मेघराज शर्मा, कास्कीका कुशुमकेशव पराजुली, पर्वतका भोला शर्मा, कास्कीका नवराज सुवेदी र नारायण कार्की सम्मानीत भैसकेका छन् । पोखरा एक्सप्रेस पत्रिकाले संचालन गर्दै आएको उक्त पुरस्कारको २ लाख १ हजार १११ अक्षयकोष तथा २० हजार १११ रुपैयाँ नगद राशी सहित सम्मानपत्र र दोसल्ला रहेको छ । पुरस्कार प्रत्येक वर्ष उग्रताराको वार्षिक स्मृति दिवस साउन २० गते प्रदान गरिने जनाइएको छ ।




Post a Comment

 
Top