0
गोल्डेन न्यूज संवाददाता
संजीता फिल्म प्रा.लि.ले बजारमा ल्याउन लागेको नेपाली कथानक चलचित्र ‘चर्खा’ले मिस कल्चर नेपाल २०१६ को मुख्य प्रायोजन गर्ने भएको छ । चलचित्रका निर्माता तथा निर्देशक धर्मराज बर्ताैलाका अनुसार लोकउन्मुख संस्कृतिको संरक्षण र प्रवद्र्धनका साथै समाजका हरेक क्षेत्रमा लुकेर रहेका अनौठा प्रतिभाको प्रस्फुटनका निम्ति आफूले मुख्य प्रायोजन गरेको बताए । पुष्पाञ्जली फेसन एण्ड इभेन्ट प्रालिको आयोजनामा हुन गइरहेको मिस कल्चर नेपाल २०१६को फाइनल यही साउन १ गते पोखरा सभागृहमा हुन गइरहेको छ ।  जेठ १३ गतेदेखि सुरु भएको उक्त कार्यक्रममा विभिन्न चरणहरू पार गर्दै १५ जना प्रतिस्पर्धीहरू फाइनलमा प्रवेश गरेका छन् । विभिन्न क्षेत्रमा आवद्ध अनुभवी प्रशिक्षकहरूद्वारा प्रतियोगीहरूको आत्माविश्वास बढाउने खालका प्रशिक्षणहरू प्रदान गरिएको पुष्पाञ्जली फेसन एण्ड इभेन्ट प्रा.लिका प्रमुख शोभा गौतमले जानकारी दिइन । फाइनल कार्यक्रममा विभिन्न आमा समूहहरूले आ–आफ्नो जातको संस्कृति झलकाउने खालका प्रतिभा देखाउने र कार्यक्रममा प्रतिस्प्रधिहरूले आ–आफ्नो संस्कृति झल्काउने पहिरन मात्र लगाउने कार्यक्रम संयोजक दिनेश शर्माले जानकारी दिए ।



Post a Comment

 
Top