0
गोल्डेन न्यूज संवाददाता
 रोजगारको शिलशिलामा ५ बर्ष मेलेसिया काम गरेर पुनः नेपाल फर्किएका पर्वत पाखापानीका सुरज कार्की दोश्रो पटक विदेश जाने तयारी गर्दा दलालबाटै ठगिए । ओरेन्टियल सर्भिसको कार्ड देखाउँदै भरत थापाले कार्की जस्ता चार जना युवाहरुको जनही ५० हजारको दरले रकम लिएर विदेश पठाउने आश्वासन दिए पनि उनी हाल सम्पर्क विहीन हुँदा विदेश जाने सपना वोकेर रकम बुझाएका कार्की जस्ता हजारौं युवा अझै पनि दलालबाट ठगिएका छन् । प्रवेशिका परीक्षा उत्तीर्ण गरेसंगै घरको आर्थिक बोज थेग्न नसकेपछि विदेशिएका कार्कीसहित उनका अन्य तीन जना साथी क्षेत्रबहादुर पौडेल, ख्याम बहादुर क्षेत्री र अशोक थापा पनि दलालबाट ठगिएका हुन् । उनीहरुले करिब तीन महिना अघि चैत्रमा विदेश जाने भनेर दलाललाई गत मंसिरमा जनही ५० हजार रुपैयाँका दरले रकम बुझाएका थिए । फागुन मसान्तरसम्म सम्पर्कमा आएका दलाल भरत थापा चैत्र महिना लागेसंगै सम्पर्क विहीन भएकोले पोखराबाटै आफूहरुलाई ठग्ने व्यक्ति माथि कार्वाही र क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने कार्कीले माग गरेका छन् । उनले भने–‘हामीलाई विदेश पठाउछु भनेर दलालले लिएको पैसा पोखराको यस पिपुल फोरमले जति छिटो फिर्ता गराउने छ भन्ने हामी पूर्ण विश्वस्त छौं ।’ दलालले लगेको पैसा फिर्ता गराउन आफ्ना साथीहरुले झन् काठमाठौं जाँदा खर्च हुने भएकोले काठमाडौं नगएको कार्कीले बताए । पोखरामा बैदेशिक रोजगार पीडितलाई निःशुल्क कानूनी सहायता दिने भएकोले यसबाट आँफूहरुले केहि राहत पाउन सक्ने उनले आशा व्यक्त गरे । बैदेशिक रोजगारमा जानेहरु दलालबाट मात्र होईन मेनपावर कम्पनीबाट पनि ठगिने गरेका छन् । कास्की भलामका सुरज रसाईली प्लस टु अध्ययन गर्ने क्रममा विदेश जान सुरु कसेपछि युनिभर्सल सर्भिस काठमाडौंबाट केहि समय अघि विदेश गएपनि सम्झौता विपरित दाम र काम भए पनि उनी स्वदेश फिर्ता भएका छन् । हप्तामा ८ घण्टा काम गर्ने गरी जुन काम गरे वापत एक हजार १ सय ५० रियाल दिने भने पनि त्यहाँ पुगे पछि भने १२ घण्टा काम तोकेको मूल्य पनि नदिए पनि उनकी आमाले पैसा पठाएर उनी स्वदेश फिर्ता भएका हुन् । उनले आफूले भने अनुसारको काम नभएकोले अब क्षतिपूर्ति उपलब्ध गराउन पिपुल फोरमले समन्वयकारी भूमिका खेल्ने विश्वास लिएका छन् ।
 
नेपाली युवाहरु रोजगारको लागि आवश्यकता र चाहनाले गर्दा विदेश जाने गरेका छन् भने विदेश जाँदा सरकारबाट मान्यता प्राप्त नभएको म्यानपावर कम्पनी र दलाललाई अग्रिम पैसा बुझाउने गर्दा धेरै नेपालीहरु ठगिने गरेका छन् । नेपालका धेरै ठाँउहरुबाट युवाहरु विदेश जाने नाममा र कोही विदेश गएर ठगिएकोले सरकारले बैदेशिक रोजगारमा पीडित भएकाहरुको लागि कानुनी सहायता तथा सचेतना जगाउने उद्देश्यले पोखरामा पनि पिपुल फोरमको कार्यालय स्थापना भएको हो । पोखराको राष्ट्र बैंकचोक क्षेत्रमा हालै स्थापना भएको उक्त कार्यलयमा हाल कानूनी सहायता अधिकृत अधिवक्ता भुवन पराजुली र कानुन अधिकृत एवं अधिवक्ता दिपेन्द्र अर्याल बैदेशिक रोजगारमा पीडित भएकाहरुको लागि वकालत गर्न तथा बैदेशिक रोजगार सम्बन्धी सचेतना जगाउने रहेका छन् । वैदेशिक रोजगार पीडितलाई निःशुल्क कानुनी सहायता तथा बैदेशिक रोजगार सम्बन्धी सचेतना जगाउने उद्देश्यले वैदेशिक रोजगार विभाग र नेपाल सरकारको आर्थिक सहयोगमा उक्त कार्यालय स्थापना भएको हो । मानव अधिकारका लागि जनमञ्च (पिपुल फोरम) कानुनकर्मीहरुको मानव अधिकारबादी संस्था हो । पिपुल फोरमले मानव अधिकारका अन्य बिषयहरु झै बैदेशिक रोजगारको कानुन तथा नीति सुधारका लागि वकालत, कानुन कार्यान्वयको अनुसन्धान तथा वैदेशिक रोजगार पीडितलाई निःशुल्क कानूनी सहायता जस्ता क्षेत्रमा काम गर्दै आएको कानुनी सहायता अधिकृत अधिवक्ता भुवन पराजुलीले बताईन । पिपुल फोरमले गभरनेन्स फसिलिटी, नेपालको आर्थिक सहयोग र वैदेशिक रोजगार प्रबद्र्धन बोर्डसंगको सहकार्यमा नेपालका विभिन्न ६ वटा जिल्लाहरुमा आप्रवासी कामदारको न्यायमा पहुच पु¥याउन परियोजना संचालन गरिएको उनले बताईन । परियोजना अन्तर्गत गरीब तथा पीडित आप्रवासी कामदारहरुलाई निःशुल्क कानुनी सहायता उपलब्ध गराउने, बिद्यमान बैदेशिक रोजगार कानुन समय सापेक्ष सुधार तथा नीति कार्यान्वयनका लागि वकालत गर्नु, आप्रवास कामदाहरुका अधिकार र बैदेशिक रोजगार सम्बन्धी कानुनी प्रकृयाका बारेमा आप्रवासी कामदार, कानुन कार्यान्वयन गर्न अधिकारी र सेवा प्रदायकहरुको क्षमता अभिबृद्धि गर्नु रहेको कानुनी सहायता अधिकृत अधिवक्ता पराजुलीले बताईन । वैदेशिक रोजगारमा पीडित भएकाहरुको निःशुल्क रुपमा मुद्धा लड्ने वैदेशिक रोजगारको सचेतना जगाउन गाँउ गाँउमा सचेतना मुलक अभिमुखीकरण कार्यक्रम गर्ने गरी पोखरामा यस पनि संस्था हालै गठन भएको हो । अफगानिस्तान कावुल घटनाले फेरि वैदेशिक रोजगारमा जाने नेपालीलाई एक पटक झस्काएको छ । रोजगारको लागि सात समुद्रपारी अर्कोको देशमा अर्कोको अधिनमा अर्काले दिएको निर्देशनमा काम काज गर्दाको पिडालाइ पुनः दर्शाएको छ । तर पनि हामी नेपालीहरु विदेश जाने भने पछि हुरुक्कै हुन्छौं । विदेशमा धेरै रकम आम्दानी हुने लोभले गर्दा आजभोलि हाम्रा देशका युवाहरु स्वदेशमा केहि गर्न चाहँदैनन् । स्वदेशमा मुस्किलले मासिक १०÷१५ हजार कमाउने गरेका नेपालीले विदेशमा गएपछि कम्तिमा ५० हजारदेखि लाख बढि आम्दानी गर्ने भएपछि विदेश दौडिने ट्रेन चलेको पाईन्छ । नेपालको अर्थतन्त्रलाई विदेशबाट आएको रेमिट्यान्सले नै नेपालको अर्थतन्त्र धानिंदै आएको छ भने गाँउ गाँउका युवा शक्ति बाहिरिएका छन् । आर्थिक बर्ष २०७१÷०७२ मा नेपालको कुल ग्राहस्थ उत्पादनमा करीब २९ प्रतिशतजसो रेमिट्यान्सले योगदान पुराएको थियो यो रेमिट्यान्स यस चालु आर्थिक बर्षमा झन बढ्ने देखिन्छ । प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा ४० लाख भन्दा बढी युवा शक्ति खाडी मुलुक देखि विश्वका धेरै मुलुकमा रोजगारको शिलशिलामा गएका छन । नेपालको कृषि क्षेत्र पछि वैदेशिक रोजगारबाट प्राप्त हुने रेमिट्यान्स कुल ग्राहस्थ उत्पादनको दोश्रो स्थानमा रहेको छ । ६५ प्रतिशत जनताहरु कृषि क्षेत्रमा आवद्ध छन भने कुल ग्राहस्थ उत्पादनको कृषि क्षेत्रमा योगदान भने ३२ प्रतिशत रहेको छ । गत बर्ष वैदेशिक रोजगारमा गएका व्यक्तिहरुबाट ६ खर्ब १७ अर्व २७ करोड रुपैयाँ नेपाल पठाएको विभिन्न तथ्याङ्कमा उल्लेख भएको पाईन्छ । नेपालमा करीब ६० प्रतिशत जति परिवारमा विभिन्न श्रोतमार्फत रेमिट्यान्स पुग्ने गरेको बताईन्छ ।  यसैबीच कास्कीका ७ गाविस र ३ वडामा बैदेशिक रोजगार सम्बन्धी अभिमुखीकरण कार्यक्रम हुने कास्की जिल्लाका ७ वटा गाविस र ३ वटा वडामा गरी १० ठाँउमा बैदेशिक रोजगार सम्बन्धी अभिमुखीकरण र कानुन सचेतना कार्यक्रम संचालन हुने भएको छ । बैदेशिक रोजगारमा गएर पीडित भएकाहरुको हकअधिकार प्राप्तीको लागि र विदेश जाँदा ध्यान दिनु पर्ने कुरासहित व्यक्तिहरुलाई सचेत पार्न कार्यक्रम आयोजना गर्न लागिएको पिपुल फोरम पोखराका कानुन अधिकृत एवं अधिवक्ता दिपेन्द्र अर्यालले बताए । उनका अनुसार कास्कीमा बैदेशिक रोजगार सम्बन्धी अभिमुखीकरण र कानुनी सहायता प्रदान गर्ने उद्देश्यले कास्कीको ढिकुरपोखरी, भदौरे तामागी, मौजा, माछापुच्छ«े, थुमाको डाँडा, घान्द्रुक र पार्चे गाविसमा उक्त कार्यक्रम हुने भएको हो । त्यसै गरी पोखरा उप–महानगरपालीका वडा नम्बर २१ अर्मला, वडा नम्बर २४ कृस्ति र २३ निर्मलपोखरीमा पनि कार्यक्रम हुने भएको हो ।



Post a Comment

 
Top