0
गोल्डेन न्यूज संवाददाता
नयाँ शक्ति नेपालको भातृ संस्था नेपाल उद्योग वाणिज्य तथा पर्यटन महासंघ अन्तर्गत प्रदेश नं. ४ को घोषणासभा शनिबार पोखरामा हुँदैछ। पोखराको न्यूरोड स्थित होटल दीप सागरको सभाहलमा उक्त कार्यक्रम हुनेछ । घोषणासभाले प्रदेश नं.४ अन्तर्गत ११ वटै जिल्लाका प्रतिनिधित्व हुने गरि प्रदेश कमिटी गठन गर्नेछ । घोषणासभाको सम्पूर्ण तयारी पूरा भएको महासंघ कास्की कमिटीका संयोजक राजेन्द्र शर्माले गोल्डेन न्यूज दैनिकलाई बताए । घोषणा सभामा प्रदेश नं.४ को आर्थिक विकासबारे बृहत् छलफल एवं प्रदेश नं. ४ को आर्थिक संवृद्धि बारे खाका तयार गरिने बताइएको छ। छलफलमा नयाँशक्ति नेपालका केन्द्रीय आर्थिक विभाग प्रमुख रामेश्वर खनाल, संसदीय मामिला विभाग प्रमुख केशव दाहाल, उद्योग वाणिज्य तथा पर्यटन विभाग प्रमुख जनक शाह, युवा विभाग प्रमुख देवेन्द्र पराजुली, नयाँ शक्ति नेपालका प्रदेश नं. ४ का संयोजक वलावती शर्माका साथै नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले प्रमुख वक्ताका रुपमा आ–आफ्नो धारणा राख्नेछन् । कार्यक्रममा पोखराका वरिष्ठ उद्योगी, व्यवसायी, पोखरा उद्योग वाणिज्य संघ अन्तर्गतका वस्तुगत संघका प्रमुख एवं प्रतिनिधि सहभागी हुने कार्यक्रमको संयोजन गरिरहेका पोखराका युवा उद्यमी तथा व्यवसायी हरिराज पन्तले बताए । ‘अबको निकास आर्थिक विकास, संवृद्धि सम्भव छ हाम्रै पालामा’ भन्ने मूल नारा नयाँ शक्ति नेपालको रहेको छ । नेपाल उद्योग वाणिज्य तथा पर्यटन महासंघ नयाँ शक्ति नेपालको मुख्य भातृ संगठन हो । नयाँ शक्ति नेपालले यो संगठन विस्तार अभियानलाई तीव्र रुपमा अघि बढाएको छ ।









Post a Comment

 
Top