0
गोल्डेन न्यूज संवाददाता
 मोफसलको चर्चित फुटबल प्रतियोगिताको १४औं आहा रारा गोल्डकपबाट ३५ लाख रुपैयाँ बढि बचत भएको छ । २०७२ माघ ५ देखि १६ गतेसम्म पोखरा रगंशालामा सम्पन्न प्रतियोगिता बाट ३५ लाख २ हजार ३४२ रुपैयाँ बचत भएको आयोजक सहारा क्बलले शनिबार पोखरामा आर्यब्य सार्वजनीक कार्यक्रममा उक्त जानकारी दिइएको हो । क्लबले अहिले सम्मकै सवैभन्दा बढि रकम बचत गर्न सफल भएको छ । १३ औ संस्करणमा १५ लाख ४५ हजारमात्र बचत गरेको थियो । क्लबले गत वर्ष भन्दा २० लाख रुपैयाँ बढि नाफा गरेको छ ।प्रतियोगितामा ९७ लाख २४ हजार ३७५ रुपैयाँ आम्दानी भएको र ६२ लाख २२ हजार ३२ रुपैयाँ खर्च भइ उक्त रकम बचत भएको सहारा क्लबका अध्यक्ष विरभद्र आर्चायले जानकारी दिए । ११ दिने प्रतियोगतामा प्रवेश टिकटबाट मात्रै ४९ लाख २६ हजार ४ सय ३१ रुपैयाँ र प्रायोजकबाट २७ लाख ३३ हजार रुपैयाँ आम्दानी भएको पत्रकार सम्मेलनमा अर्थ संयोजक प्रकाश शेरचनले जानकारी दिए । उनका अनुसार गेट टिकटबाट ४७ लाख २९ हजार ४ सय ३१ र सिजनल टिकटबाट १ लाख ९७ हजार रुपैयाँ आम्दानी भएको छ भने मुख्य प्रायोजक हिममश्री फुड्स प्रालिले ११ लाख, सह–प्रायोजक माइक्र्रो म्याक्स मोवाईलले २ लाख ९५ हजार ५ सय रुपैयाँ र पृथ्वी राजमार्ग बस ब्यवसायी समितिबाटे १ लाख ५० हजार रुपैयाँ प्राप्त भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । पत्रकार सम्मेलनमा मुख्य प्रायोजक हिमश्री फुड्का कार्यकारी अध्यक्ष सुर्यबहाद्ुर केसीले सहारा क्लबका पदाधिकारीहरुको लगनशीला, इमान्दारिताका कारण आफु सहित अन्य ब्यवसायीक र ब्यक्तिले सहयोग गरेको बताए । उनले खेलकुदको माध्यमबाट सहाराले सामाजिक क्षेत्रमा गरेको काम प्रशंसा योग्य भएको बताउँदै आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे । कास्की जिल्ला खेलकुद विकास समिति अध्यक्ष यमबहादुर गुरुङले सहारा क्लब पोखराको मात्रै भएर नेपालकै चर्चित क्लब भएको बताउदै क्लबका लागी आवश्यक रहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे ।



Post a Comment

 
Top