0
गोल्डेन न्यूज संवाददाता
केदारेश्वर महादेवमणि सेवाश्रम समिति बैदाम, पोखरा यस वर्ष पनि बोलबम कार्यक्रमको तयारीमा जुटेको छ । साउन महिना भगवान शिवको महिना मानिने भएकोले शिवको पूजा–आराधना गर्दै पोखरामा बोलबम जलयात्रा हुँदै आएको छ । केदारेश्वर महादेवमणि सेवाश्रम समितिको शनिबार सम्पन्न बैठकले बोलबम जलयात्रालाई विगतमा झै भव्य रुपमा सफल पार्न शंकर खरालको संयोजकत्वमा विभिन्न समिति गठन गरेको छ ।जसमा प्रसाद वितरण संयोजक अनिल गुप्ता, स्वयंसेवक तथा सांस्कृतिकमा लक्ष्मण गौतम, भजन कृतनमा प्रजापति पराजुली, झाँकी व्यवस्थपनमा रामजी बानियाँ, आर्थिकमा रामप्रसाद बस्ताकोटी, प्रचारप्रसारमा विजय नेपाल, मन्दिर परिसर व्यवस्थापनमा मारबाडी युवा परिषद्, जलयात्रा व्यवस्थापकमा कमल बास्तोला, मोटरसाइकल ¥यालीतर्फ खिमबहादुर पहारी, फूल प्रसादमा मितेरी नारी समूह संयोजक रहने गरी उपसमिति गठन गरिएको छ । त्यस्तै बोलबम प्रसारका लागि साउन १ गते बिहान ७ बजे मोटरसाइकल ¥याली आयोजना गरिने बैठकले निर्णय गरेको छ । यसपालि साउनमा पाँच सोमबार परेकोले विगतमा भन्दा बढी दर्शनार्थीको घुइँचो लाग्ने लाग्नुको साथै यस क्षेत्र बोलबम ध्वनी, भजनकीर्तन र गेरु बस्त्रले गुलजार हुने आयोजकको विश्वास छ । भक्तजनले मन्दिरमा साउन सोमबार बगर गाइघाटस्थित सेतीकिनारबाट जल लिएर आठ किलोमिटरको पैदलयात्रा गरी केदारेश्वर मन्दिरको शिवलिङ्गमा जल चढाउनुको साथै शिवको आराधना गर्दछन् । भक्तजनलाई आयोजकले यसापलि पनि प्रसादको व्यवस्था मिलाएको छ ।


Post a Comment

 
Top