0
राजाराम पौडेल÷गोल्डेन
जन्मथलो नभएपनि कर्मथलो पोखरालाई बनाई नेपाली साँगीतिक क्षेत्रमा स्थापित हुन संर्घष सुरु गरेका एक प्रतिभा हुन् जीवन कार्की । पोखरा आएर संर्घष गर्न थालेको धेरै समय भएको भने छैन । यस अगाडि म्याग्दी बेनीमा दर्शक श्रोताको मायाले अगाढि बढ्न हौसिएका उनी पोखरेली दर्शक श्रोताको माया पाउनेमा आशावादी छन् । ‘पोखरेली साँगीतिक क्षेत्र मेरा लागि नयाँ भएपनि यो क्षेत्रमा आम पोखरेलीको साथ मिल्ने आशा छ’–उनले भने । पोखरामा रहेर दर्शक श्रोताको अपेक्षा अनुसारका साँगीतिक कोसेली निरन्तर पस्कने योजना उनले बनाएका छन् । विशेषगरी पप, लोकपप, आधुनिक, रक विधाका गीत गाउने खुबी उनमा छ ।  यतिबेला उनको पहिलो एल्बम ‘हिरा’ बजारमा आएको छ । एल्बममा तीन गीत समावेश छन् । लोक पप र पप आधुनिक शैलीका यी गीतले आफ्नो यात्रामा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा उनले गरेका छन् । एल्बममा समावेश तीनवटै गीतमा कार्कीको एकल आवाज सुन्न सकिन्छ । ‘उकाली चढ्ने’ बोलको गीतको रचना र संगीत दिपक शर्माले सिर्जना गरेका हुन् । पुष्प खड्का र विनु कार्कीले मोडलिङ गरी काठमाण्डौमा छायांकन गरिएको यो गीतको भिडियोले दर्शकको साथ पाएको छ ।  यसैगरी एल्बममा रहेको ‘चन्द्र जस्तो मुहार’ बोलको गीत यतिबेला चर्चामा छ । गीतको रचना र संगीत सिर्जना श्रीकृष्ण बम मल्लको हो । प्रेम चन्द र उषा सुवेदीले मोडलिङ गरेको यो गीत काभ्रेमा छायाकंन गरिएको हो ।  ‘नजानुहोस् मेरो हजुर’ बोलको गतिको भिडियो केहि समयमा छयाँकंन गरिने उनले बताए । यो गीतको र संगीत दिपक कार्की विखर्चीको हो । उनले आवाज भरी रेर्कड गराइएको पहिलो गीत यो नै हो । माया प्रेमसँग सम्बन्धित रमाइला गीतको अलावा विदेशी भुमीमा गएर नेपाली युवाले भोग्नु परेको पिडालाई गति मार्फत प्रस्तुत गरिएको उनले बताए । एल्बमलाई आर एस डिजिटल प्रालि काठमाण्डौले बजारमा ल्याएको हो । ‘आमाको नाम र आफ्ना कृतिलाई महत्वपूर्ण ठानेर एल्बमको नाम हिरा राखेको हुँ’ एल्बमको नामको बारेमा उनले प्रष्ट्याए । झण्डै ५ लाखको लगानीमा एल्बम बजारमा ल्याएको दावी गर्ने उनी आफन्तको सहयोग र विभिन्न कार्यक्रमबाट पचास प्रतिशत लगानी उठाउन सफल भै सकेको बताउँछन् । आजभन्दा झण्डै २६ वर्ष अगाडि म्याग्दी जिल्लाको रातो पिप्ले वडा नं.–४, मा बुबा धन बहादुर कार्की र आमा हिरा कुमारी कार्कीको पहिलो सन्तानको रुपमा उनको जन्म भएको हो । बाल्यकालदेखिनै गीत संगीतमा उनको रुचि थियो । चञ्चले स्वभावका उनी घरयासी काममा समेत उत्तिकै लगाव दिन्थे । स्कुलमा हुने कार्यक्रममा भागलिई आफ्नो प्रतिभा देखाउने अवसर उनलाई पटक–पटक मिल्न पुग्यो । यस्ता कार्यक्रममा आफ्नो प्रस्तुति सुनाउँदा पाएको सकारात्मक प्रतिक्रियालेनै यो क्षेत्रमा अगाडि बढ्न उनलाई उत्पेरणा मिलेका हो । कक्षा ८ मा अध्ययन गर्ने क्रममा स्कुलमा आयोजित तीज गीत प्रतियोगितामा भाग लिएका उनी प्रथम हुन सफल भए । यसले उत्साह थपिदियो । फलस्वरुप स्कुल तथा गाउँमा आयोजना हुने कार्यक्रममा सक्रियता बढाए । उनी खेलकुदमा समेत उत्तिकै रुची राख्दथे । जिल्ला स्तरीय भलिवल प्रतियोगीतामा भाग लिएर पुरस्कार जीतेको अनुभव उनीसँग छ ।  वि.स. २०६९ मा म्याग्दी जेसीजले आयोजना गरेको म्याग्दी लोक तारा–२ मा सहभागिता जनाई आफ्नो प्रतिभा उनले सुनाए । यो प्रतियोगितामा उनी उपविजेता बनेका थिए । गीत संगीतका अलावा साहित्यतर्फ पनि उनको रुची थियो । वि.स. २०६९ मा ‘अतित’ नामको गजल स्रंग्रह उनले पाठक समक्ष ल्याए । यो संग्रहले साहित्य क्षेत्रमा समेत उनलाई परिचित गरायो । उनले म्याग्दीमा आयोजना हुने विभिन्न मेला, महोत्सव र साँगीतिक कार्यक्रममा आफ्नो प्रतिभा सुनाइ दर्शक श्रोताको सर्पोट पाएका थिए ।  गाउँबाट उच्च शिक्षा हासिल गर्न बेनी झरेसँगै उनको प्रतिभाले  फल्ने, फुल्ने र फक्रने अवसर प्राप्त गरेको हो । एल्बम बजारमा आएको केहि समयमानै पाएको सकारात्मक प्रतिक्रियाले उनी उत्साहित छन् । विभिन्न साहित्यिक संस्थामा आवद्ध उनले पाँच वर्ष शिक्षण पेशा गरे । राष्ट्रभक्ति गीत गाउन मन पर्ने बताउने उनी छिट्टै रक गीतमा समेत आफ्नो आवाज भरी दर्शक श्रोतामाझ पस्कने योजनामा छन् । उनी नेकपा एमालेको जनवर्गीय संगठन राष्ट्रिय जनसाँस्कृतिक महासंघ म्याग्दी जिल्लाको अध्यक्ष समेत हुन् । यसअघि अनेरास्ववियु र युवा संघमा आवद्ध भएर समेत उनले आफ्नो क्षमताको प्रदर्शन गरिसकेका छन् । उनी राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान म्याग्दीमा आवद्ध छन्  ।
आफूमा निखारता प्रदान गर्न पोखराको जे.ई.म्युजिक एकेडेमीमा भर्ना भै गायक रामभक्त्त जोजीजुसँग संगीत सिक्न कार्कीले थालेका छन् । एल्बम बजारमा ल्याउनुभन्दा अगाडि अन्य स्थापित गायकहरुका गीत कार्यक्रममा प्रस्तुत गरी दर्शक श्रोताकको साँगीतिक तृष्णा मेटाउने गर्दथे । पोखरामा आयोजीत क्रियटिभ लोकतारा २०६९ मा भाग लिएर उत्कृष्ट १० मा पुगेपनि बिचमा कार्यक्रम स्थगित भएकोले सर्वोत्कृष्ट बन्ने सपना अधुरै रहेको गुनासो गर्छन् ।
‘अध्ययनलाई भन्दा प्रतियोगीतालाई महत्व दिएर परिक्षा हापेर पोखरा आए तर कार्यक्रम स्थगन भयो’ उनले भने ।  अब आफ्नै रचनामा गीत पस्कने योजना बनाएका उनी निरन्तर यो क्षेत्रमा लाग्ने वाचा गर्छन् । उनको पोखरा आगमनको उद्देश्य साँगीतिक क्षेत्र मात्र नभई व्यवसाय सञ्चालन गर्ने समेत रहेको छ । 
प्रतिक्रियाका लागि ः
उयउमष्बचथ२नmबष्।िअयm














Post a Comment

 
Top