0
गोल्डेन न्यूज संवाददाता
भारतीय राजदूत रन्जित रायले पोखरालाई स्वास्थ्य पर्यटनको केन्द्र बनाउनुपर्नेमा जोड दिएका छन । प्राकृतिक हिसावले पोखरा आँफैमा मनमोहक ठाउँ भएको भएतापनि नयाँ पर्यटकीय गन्तब्य स्वास्थ्य पर्यटनको केन्द्र बनाउनतर्फ पोखराका पर्यटन ब्यवसायीले पहलकदमी थाल्नुपर्नेमा उनले जोड दिए ।
नेपाल भारत मैत्री संघ कास्कीले पोखरामा आयोजना गरेको नेपाल भारत मैत्री सम्वन्ध र पर्यटनको बिकास विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत रायले पोखरालाई स्वास्थ्य पर्यटनको केन्द्र बनाउनुपर्ने वताएका हुन । पोखरामा प्राकृतिक हिसावले घुम्ने पर्यटकहरु प्रशस्त मात्रामा आउने गरेको बताउँदै राजदूत रायले पोखरामा रहेको मणिपाल शिक्षण अस्पताललाई बृहत्तर ढंगबाट सञ्चालन गरी स्वास्थ्य पर्यटनको केन्द्र बनाउनतर्फ पर्यटन ब्यवसायीहरु लाग्नुपर्नेमा जोड दिए । राजदूत रायले नेपाल र भारतका कैयांै युवाहरु अन्य मुलुकमा उच्च शिक्षाका लागि जाने गरेको तीतो यथार्थ रहेको बताउँदै पोखरामानै स्वास्थ्यका लागि उच्च शिक्षाको केन्द्र बनाउन सकेको खण्डमा पोखरा नेपालकै स्वास्थ्य पर्यटनको केन्द्र बन्नेमा दुई मत नभएको बताउँदै अन्य मुलुकमा जस्तै स्वास्थ्यको क्षेत्रमा आउने पर्यटकहरुले पनि नेपालको बारेमा जान्न र बुझ्न पाउने बताए । नेपाल र भारत बीचको मैत्री सम्बन्ध सदियांैदेखि रहँदै आएको र आगामी दिनमा पनि त्यो सम्बन्धलाई कायम गर्दै नेपालको विकासका लागि पनि काम गर्न आफूहरु तयार रहेको वताए । पोखरा र भारतबीच हवाइ मार्गको लागि पनि पोखराका पर्यटन व्यवसायी र नेपाल सरकारले पहलकदमी थाल्नुपर्ने भारत हुँदै पोखरा सम्मका लागि फास्ट ट्रयाकका लागि पनि नेपाल सरकारले तदारुकता देखाउनुपर्नेमा उनले जोड दिए ।







Post a Comment

 
Top