0
गोल्डेन न्यूज संवाददाता
नेपाल सरकारका मुख्य सचिव डा.सोमलाल सुवेदीले निजी क्षेत्र स्वच्छ, प्रतिस्पर्धी र व्यवसायमुखी भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् । लेखनाथ उद्योग वाणिज्य संघको स्थापना दिवस तथा २०औं वार्षिकोत्सव कार्यक्रमको उद्घाटन एवं सुवेदी आफैलाई अभिनन्दन पछि बोल्दै उनले लेखनाथलाई स्वदेशी तथा विदेशी पर्यटकहरुको गन्तव्य स्थल बनाउन निजी क्षेत्रको सहयोग अपरिहार्य भएको स्पष्ट पारे ।“लेखनाथको विकासमा सबै राजनीतिक दलले साझा अवधारण लिएर अगाडि बढनुपर्छ’, उनले भने–‘विकास निर्माणमा गरिने राजनीतिले विकासको गति अघि बढ्न सत्तैmन र जनता विकासको प्रतिफल पाउनबाट बन्चित हुन्छन् ।’मुख्य सचिव सुवेदीले अहिले देशमा पूंजीगत खर्च हुन नसकेको अवस्थामा  वढी भन्दा वढी जनता लाभान्वित हुने खालका योजना स्थानीय स्तरवाटै प्रक्रिया मिलाएर आए  कानुनको परिधिभित्र रहेर  सहयोग गर्न आपूm तत्पर रहेको स्पष्ट पारे । कार्यक्रममा सांसद यज्ञवहादुर थापाले लेखनाथको सामाजिक आर्थिक विकास लागि अवधारणा राखेको भन्दै प्रदेश नं. ४ मा अन्तर्राष्ट्रिय संम्मेलन केन्द्र लेखनाथमै बनाउनका लागि आफू लागि परेको बताए । उनले स्थानीय वासी, राजनीतिक पार्टी सवैको सहयोग भए सम्मेलन बनाउन कुनै समस्या नभएको स्पष्ट पारे । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले संविधान कार्यान्वयन हुन सके निजी क्षेत्रका सवै समस्या समाधान हुने विश्वास व्यक्त गरे ।  क्षेत्रीय प्रशासक शंकर प्रसाद कोइरालाले निजी क्षेत्र जनताप्रति उत्तरदायी र जिम्मेवारी बन्नुपर्नेमा जोड दिए । कार्यक्रममा लेखनाथको विकासमा महत्वपूर्ण योगदान दिएको भन्दै संघका सदस्य कृष्णप्रसाद ढुङ्गानालाई नगद पूरस्कार सहित सम्मान गरिएको थियो । संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका गण्डकी अञ्चल प्रतिनिधि दिपक लम्साल, पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष प्रकाशमोहन खनाल, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापा, संघका पूर्व अध्यक्ष वावुराम गिरी, लेखनाथ नगरपालिकाका कार्यकारी अधिकृत लोकबहादुर भण्डारी, संघका प्रथम उपाध्यक्ष कृष्णहरि भण्डारी, महासचिव छत्रधर आत्रेय,   लगायतले आ–आप्mना भनाइ राखेका थिए । यता, मुख्य सचिव डा सोमलाल सुवेदीले मुलुकको विकासका लागि राजनीति केन्द्रित हुनुपर्ने बताएका छन् । लेखनाथ नगरपालिकाको पचभैयाका जनतालाई स्वास्थ्यसेवा दिने उद्देश्यले स्थापना गरिएको नगर स्वास्थ्य केन्द्रको उद्घाटन गर्दै उनले भने–“सत्ताका लागि भन्दा पनि विकासका लागि राजनीति गरौँ ।” मुख्य सचिव डा सुवेदीले लेखनाथमा बसपार्क, औद्योगिक क्षेत्र र ताल संरक्षणका योजना अघि बढाउन स्थानीयसँग आग्रह गर्नुभयो । लेखनाथ नगरपालिकाका कार्यकारी अधिकृत लोकबहादुर भण्डारीको अध्यक्षतामा भएको सो कार्यक्रममा वरिष्ठ जनस्वास्थ्य अधिकृत सागरप्रताप घिमिरे, नगरपालिकाको सामुदायिक शाखाकी प्रमुख मिना भण्डारी र शङ्करप्रसाद पौडेललगायतका वक्ताले स्वास्थ्य चौकीबाट स्थानीय जनता लाभान्वित हुने बताएका थिए । उक्त केन्द्रमा हाल एक÷एक जना अहेब, अनमी र कार्यालय सहयोगी राखेर स्वास्थ्य सेवा सुरु गरिएको छ ।



Post a Comment

 
Top