0
गोल्डेन न्यूज संवाददाता
स्व.गिरिजाप्रसाद कोइरालाको ९३ औं जन्मजयन्तीका सन्दर्भमा नेपाली काँग्रेस कास्की क्षेत्र नं ४ द्वारा सोमबार ढिकुरपोखरी, नागडाँडामा आयोजित अन्तत्र्रिmयामा वक्ताहरूले राष्ट्रलाई सर्वोपरि राख्ने स्व.गिरिजाप्रसाद कोइरालाको योगदान अनुकरणीय भएकोमा जोड दिएका छन् । पार्टीगत एवं व्यक्तिगत स्वार्थबाट माथि उठेर नेपाली जनताको स्वतन्त्रता एवम् दीगो शान्तिका लागि स्व. कोइरालाले पु¥याएको योगदानका जगमा देश वर्तमान अवस्थामा आइपुगेको वक्ताहरूको जोड थियो । अन्तरक्रियामा नेपाली काँग्रेसका नेता शुक्रराज शर्माले गिरिजाप्रसाद कोइरालाले जनताका हक तथा अधिकार खोस्ने राजसंस्थालाई हटाएर देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेको बताए । कोइरालाले देशको दीगो शान्ति स्थापनाका लागि सशस्त्र आन्दोलनरत  माओवादीलाई पनि शान्तिपूर्ण राजनीतिमा ल्याएको उनले स्मरण गरे । संविधानको कार्यान्वयनका लागि निर्वाचन अपरिहार्य भएको बताउँदै उनले निर्वाचन सम्पन्न गराउनका लागि देशको प्रमुख राजनीतिक दलका रुपमा काँग्रेसले नै अगुवाई गर्ने स्पष्ट पारे । नेपाली काँग्रेस कास्कीका सचिव सुदिपमोहन भट्टराईले नयाँ संविधानले व्यवस्था गरे अनुसार पार्टी संगठन निर्वाचनमा केन्द्रित बन्ने बताउँदै काँग्रेस प्रति बढिरहेको आकर्षणलाई मतमा रुपान्तरण गर्न कृयाशिल बन्नुपर्नेमा जोड दिए । नेपाली काँग्रेसका महासमिति सदस्य रामचन्द्र त्रिपाठीले गिरिजाप्रसाद कोइरालाको अदम्य साहसलाई आत्मसात गर्दै देशमा लोकतन्त्रलाई सबल बनाउन प्रत्येक प्रजातन्त्रवादी संगठित बन्नुपर्नेमा जोड दिए। नेपाली काँग्रेस कास्की क्षेत्र नं ४ का सभापति पोषनाथ शर्माले नेपाली जनतालको लामो समयको संघर्षबाट प्राप्त नयाँ संविधानको सफल कार्यान्वयनका लागि काँग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने स्पष्ट पारे । महाधिवेशन प्रतिनिधि राजबहादुर गुरुङले संविधानको कार्यान्वयन र विद्यमान संक्रमणकालीन अवस्थाको अन्त्यका लागि सबै राजनीतिक दललाई मिलाएर लान सक्ने सामथ्र्य केवल नेपाली काँग्रेसमा रहेको बताए । नेपाली काँग्रेस कास्कीका जिल्ला सदस्य विष्णुबहादुर क्षेत्रीले पार्टी संगठन सुदृढीकरणका लागि परम्परागत प्रशिक्षण एवम् कार्यशैलीबाट माथि उठेर तल्लो निकायसम्म अभिव्यक्तिकलाको विकास हुने किसिमले कार्यशाला सञ्चालन गर्नुपर्ने सुझाव दिए ।  प्राध्यापक वेदहरि तिमल्सिनाले आन्तरिक पार्टी सुदृढीकरणका लागि पार्टी सदस्यले गरेका योगदानको उचित मूल्याङ्कनको परिपाटी बसाल्नुपर्ने औल्याए ।
 
अन्तरक्रियामा महासमिति सदस्य हरिमाया गुरुङ, पूर्व जिल्ला सचिव युवराज कुँवर, महाधिवेशन प्रतिनिधि मानबहादुर वि.क.क्षेत्र नं. ४ का क्षेत्रीय सचिवद्वय प्रकाश बराल र खिमलाल वास्तोला, क्षेत्र भित्रका गाउँ एवम् नगर वडाका सभापति एवम् प्रतिनिधि मध्येबाट राजकाजी गुरुङ, प्रताप कार्की, सुवबहादुर गुरुङ, तोराण बहादुर गुरुङ, दुर्गादत्त वास्तोला, गुञ्जमान गुरुङ, मधुसुदन अधिकारी, झपटबहादुर सापकोटा, गंग ागिरी, बल बहादुर थापा, देवकाजी गुरुङ, महिला संघकी क्षेत्रीय सभापति खेमकुमारी गुरुङ, नेपाल तरुण दल कास्कीका सभापति मनोज गुरुङ, किसान संघका अध्यक्ष भेषराज पराजुली लगायतले नयाँ संविधानको कार्यान्वयनका लागि निर्वाचन अपरिहार्य भएका कारण देशमा तत्काल निर्वाचनको वातावरण तयार गर्न काँग्रेसको अगुवाई अपरिहार्य भएकोमा जोड दिएका थिए ।



Post a Comment

 
Top