0
पोखराको पृथ्वीचोक नजिकैको चाइना पुल व्यस्त हँुदा सवारीको लामो जाम हुन्छ । चाइना पुलको विकल्प नहँुदा लामो समयसम्म जाममा बन्नुपर्ने वा महेन्द्रपुल नै पुग्नुपर्ने बाध्यता हुन्छ । महेन्द्रपुलको पुल पनि व्यस्त पुलमा नै पर्दछ । चाइना पुलको विकल्पका लागि पोखराको चोरसाँघुमा पुल निर्माण हुने भएको छ । चोरसाँगुको पुलमा असोजसम्ममा मोटर गुडाउन पाइने जिल्ला इन्जिनियर नारायण श्रेष्ठले जानकारी दिए । करिब १ करोड ५० लाखको लागतमा पुल निर्माण हुने श्रेष्ठले जानकारी दिए । ८ वर्ष पहिले पोखरा उप–महागनगरपालिकाले निर्माण सुरु गरेर त्यसै छाडेको पुललाई जिल्ला विकास समितिले पुरा गर्न लागेको हो । ८ वर्ष पहिलो नगरपालिकाले सेती नदीको वारिपारी नै फाउन्डेस निर्माण गरिसेको छ श्रेष्ठले भने–बीचमा फलामको पुल जडान गर्ने काम अहिले गर्न लागेको बताए । फाउन्डेस सबै ठीक छ उनले भने–वीचमा पुल जडान गर्नका लागि सामान समेत झरिसकेको छ । करिब ३२ मिटर लामो पुल भदौ सम्ममा सक्ने लक्ष्य रहेको उनले बताए । पुलमा दोहोरो सवारी सञ्चालन हुने बताए । अहिले त्यस स्थानमा सानो साघुँ छ । त्यसैबाट मानिसहरु आवत–जावत गर्दै आएका छन् ।








Post a Comment

 
Top