0
गोल्डेन न्यूज संवाददाता
नेकपा माओवादी केन्द्र कास्की जिल्ला सम्मेलन आयोजक समिति सदस्य सोना राना गुरुङ्को श्रद्धाञ्जली सभा बुधवार सम्पन्न भयो । नेकपा माओवादी केन्द्र पोखरा–२८ अर्मलाले उक्त सभाको आयोजना गरेको हो  । सभामा बोल्दै नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य हरि अधिकारी ‘कुमार’ ले हरेक नागरिक सोना जस्तै नेतृत्वदायी भूमिकामा आउनुपर्नेमा जोड दिए । सोना एक ईमान्दार पार्टी सदस्य भएको भन्दै उनले सोनाले समाज परिवर्तनको लागि देखेका सपना पुरा गर्नु हामी सबैको दायित्व भएको बताए । नेकपा माओवादी केन्द्र कास्कीका ईन्चार्ज एवं नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य राजकाजी गुरुङ् ‘करण’ले सोनाको मृत्युले पार्टीमा अपुरणीय क्षति भएको बताए । उनले सोना जस्तो नेता निर्माण गर्न पार्टीलाई १३ वर्ष लागेको भन्दै उनको परिवारको लागि पार्टीले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा नेकपा माओवादी केन्द्रकी नेतृ सुमिता बस्नेतले सोनाको राजनीतिक, पारिवारिक पृष्ठभूमिको बारेमा जानकारी गराएकी थिईन् । पोखरा उप–महानगरपालिका २८ निवासी ३० वर्षीय सोनाको यही असार १७ गते उपचारका क्रममा निधन भएको थियो । उनी नेकपा माओवादी केन्द्र कास्की जिल्ला सम्मेलन आयोजक समितिको सदस्यको साथै त्यसको भातृ संगठन वाईसिएल, अनेमसंघ क्रान्तिकारीको सदस्य थिईन् । सामाजिक रुपमा उनी वडा नागरिक मञ्च पोखरा २८ को सह संयोजक, स्थानीय विद्यालय व्यवस्थापन समितिको सदस्य, बन उपभोक्ता समितिको सदस्य, युवा क्लव, महिला समूह लगायतका संस्थामा आवद्ध रहेकी थिईन् ।











Post a Comment

 
Top