0
पोखरा २ साउन ।तेस्रो मिस कल्चर नेपाल–२०१६ को उपाधि लेखनाथकी पवित्रा लामिछानेले हात पारेकी छन् । उनले बेष्ट डान्स, बेष्ट पर्फमेन्स, मोष्ट पपुलर टाइटल समेत हात पार्न सफल भइन । विजेता लामिछानेले पोखरा बहुमुखी क्याम्पसमा चार वर्षे स्नातक तहको अध्ययन गर्ने अवसरका साथै हङकङ ब्युटीपार्लमा ६ महिने ब्युटिसियन तालिम निःशुल्क रुपमा पाउने भएकी छन् । यसैगरी म्युजिक भिडियोका लागि सञ्जिता फिल्म प्रा.लिले विभिन्न फिल्ममा समावेश गर्ने भएको छ । पुष्पाञ्जली फेसन एण्ड इभेण्ट प्रालिद्वारा आयोजित कार्यक्रममा फस्ट रनर अप ज्योति गुरुङ, सेकेण्ड रनर अप सुविना पुन, थर्ड रनर अप समिक्षा शर्मा, फोर्थ रनर अप सुशिला भण्डारी, भ्यूअर च्वाइस रेनु थापा मगर र अर्गनाइजर च्वाइसको उपाधि विष्णु गुरुङले जित्न सफल भएका छन् ।
प्रतियोगितामा बेष्ट स्माइल÷कल्चरल ड्रेस सन्तोषी सुनार, मोष्ट एक्टिभ विपना सुवेदी, बेष्ट फिगर ज्योति गुरुङ, मोष्ट फ्रेन्डली लक्ष्मी थापा, बेष्ट क्याटवाक विष्णु गुरुङ, बेष्ट डान्स पवित्रा लामिछाने, मोष्ट डिसिपिलिन रेनु थापा मगर, बेष्ट स्किन अनिशा थापा, मस्ट युनिक प्रीतिका ठकुरी, मस्ट फोटो जेनिक सुशिला भण्डारी, वेष्ट हेयर÷ व्यूटीफूल युनिशा कुँवर, मस्ट कन्फिडेन्स विपना सुवेदी, वेस्ट पर्सनालिटी समिक्षा शर्मा, मस्ट हेल्फुल÷मस्ट चार्मिङ्ग रिमा गुरुङ, मस्ट क्रियटिभ अन्तिम गुरुङ, मस्ट ट्यालेन्ट सुहानी पुन घोषित भए ।
‘हाम्रो सँस्कृति, हाम्रो पहिचान, लोपोन्मुख संस्कृति बचाउने हाम्रो अभियान’ भन्ने मूल नाराका साथ आयोजित प्रतियोगितामा १५ जना प्रतियोगी सहभागी थिए । गत जेठमा शुरु भएको प्रतियोगितामा कुल ३१ जना युवतीहरु सहभागी थिए । उनीहरुले नेपालका लोपोन्मुख जातजातिका भेषभूषा झल्काएका थिए ।
कार्यक्रमको उद्घाटन नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष एवं प्रमुख अतिथि अनिता बिन्दु र विशिष्ट अतिथि सुनौलो पव्लिकेशन प्रालिका अध्यक्ष गंगाधर पराजुलीले गरेका थिए । प्रतियोगीहरु र कार्यक्रमका अध्यक्ष, प्रमुख अतिथि र विशिष्ट अतिथि राष्ट्रिय गानमा सरिक भएपछि कार्यक्रमको शुभारम्भ गरिएको थियो ।
कार्यक्रमका बोल्दै प्रमुख अतिथि अनिता विन्दुले विविधतामा एकता भएको मुलुकमा यस प्रकारको कार्यक्रमले संस्कृति जर्गेनामा सहयोग पुग्ने बताइन । नेपाल टेलिभिजनमा समाचार सम्पादक समेत रहेकी विन्दुले परम्परा र संस्कृतिको जगेर्ना गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्न सके नेपाली संस्कृति अन्य देशमा पनि प्रवद्र्धन हुने स्पष्ट पारिन् ।
पुष्पाञ्जली फेसन एण्ड इभेण्ट प्रालिका अध्यक्ष शोभा गौतमले यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने जानकारी दिइन । सो अवसरमा चर्खा फिल्मका निर्माता तथा कार्यक्रमका मुख्य प्रायोजक धर्मराज बर्तौलाका साथै गोल्डेन न्यूज दैनिकका प्रधान सम्पादक तथा सुनौलो एफएमका निर्देशक गंगाधर पराजुलीलाई सम्मान गरिएको थियो । यसैगरी पोखरा क्षेत्रमा क्रियाशिल विभिन्न आमा समूहहरु लाई पनि सम्मान गरिएको थियो ।  जसमध्ये पस्र्याङ रातामाटा आमा समूह, भगवती आमा समूह, चेतन महिला कृषक आमा समूह, शिव मन्दिर आमा समूह, ज्ञानकुञ्ज स्वास्थ्य आमा समूह, धर्मस्थली आमा समूह, सृजना आमा समूह, भदौरे आमा समूह, हरिहर आमा समूह, महिला समाज कल्याण आमा समूह आदि रहेका छन् ।
कार्यक्रममा सम्मानित व्यक्तित्व समाजसेवी एवं चर्खा फिल्मका निर्माता धर्मराज बर्तौला, राससका बोर्ड सदस्य गंगाधर पराजुली, ब्रम्हाकुमारी इश्वरीय विश्वविद्यालयकी प्रमुख अप्सरा दिदी, कार्यक्रम संयोजक दिनेश प्रसाद शर्मा लगायतले बोलेका थिए। प्रतियोगिताको निर्णायकहरुमा पोखरा बहुमुखी क्याम्पसका प्रमुख सुनिल मरासिनी, संचारकर्मी राजन उपाध्याय, महिला व्यवसायी एवं संचारकर्मी सीता बराल र मिसेस तीज–२०७२ का विजेता पूजा सिलवाल रहेका थिए । कार्यक्रममा पोखराका विभिन्न कलाकारहरुले गीत र नृत्य समेत प्रस्तुत गरेर मनोरञ्जन दिलाएका थिए ।





Post a Comment

 
Top