0
गोल्डेन न्यूज संवाददाता
लायन्स क्लव अफ पोखरा फेवा वेगनास चौतारीको दोस्रो प्रशिक्षण कार्यक्रम पोखरामा सम्पन्न भएको छ । कार्यक्रमका बोल्दै प्रमुख अतिथि पूर्व मल्टिपल काउन्सिल चियर पर्सन दिपक क्षेष्ठले सकारात्मक सोच लिएर लायन्स क्लवमा आवद्ध हुनुपर्ने बताए । पोखरा उद्योग वाणीज्य संघका पूर्व अध्यक्ष समेत रहेका श्रेष्ठले समाज परिवर्तनमा लायन्स क्लवले खेलेको भूमिकाको बारेमा प्रष्ट पारेका थिए । लायन्स क्लव अफ पोखरा सिर्जना चौतारीको स्पोन्सर क्लव रहेको प्रस्तावित यो क्लवको प्रशिक्षण कार्यक्रमको सहजीकरण चिफ एम्बेसर अफ गर्भनर विशेश्वर आर्चाय र डिष्ट्रिक्ट एडभाइजर रामचन्द पोखरेल गरेका थिए। उनीहरुले प्रशिक्षण कार्यक्रमका सहभागीले उठाएका जिज्ञासा समेत मेटाएका थिए ।  प्रशिक्षणले लायन्स क्लवको स्थापना र यसले गर्ने कार्यको बारेमा बुझ्ने अवसर मिलेको सहभागीको प्रतिक्रिया थियो । कार्यक्रममा लायन्स क्लव अफ पोखरा सिर्जना चौतारीका रिजन चियर पर्सन बालकृष्ण बराल, जोन चियर पर्सन खोब बहादुर बराल, प्रस्तावित लायन्स क्लव अफ पोखरा फेवा वेगनास चौतारीका अध्यक्ष सन्तोष घिमिरे, प्रथम उपाध्यक्ष पुरुषोत्तम भण्डारी, द्वितीय उपाध्यक्ष ऋषिराम भण्डारी, कोषाध्यक्ष टंक ढकालले आ–आफ्नो भनाइ राखेका थिए । लायन्स क्लव अफ पोखरा सिर्जना चौतारीका अध्यक्ष बसन्त गिरीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन लायन्स क्लव अफ पोखरा फेवा वेगनास चौतारीका सचिव विधान गौतमले गरेका थिए । कार्यक्रम लायन्स क्लव अफ पोखरा सिर्जना चौतारी तथा प्रस्तावित लायन्स क्लव अफ पोखरा फेवा वेगनास चौतारीले संयुक्त रुपमा आयोजना गरेका हुन् । यसैबीच प्रस्तावित लायन्स क्लव अफ पोखरा फेवा वेगनास चौतारीका नयाँ सदस्यलाई जिम्मेवारी बाँडफाँड गरिएको छ । जस अनुसार सह–सचिवमा निर्मल सोती, सह–कोषाध्यक्षमा श्रीराम बराल, मेम्बरसिप चियर पर्सनमा राजाराम पौडेल, टेमरमा मोती पौडेल, टेल ट्वीष्टरमा महेश्वर रिमाल, पिआरओमा कृष्ण आचार्य, शिक्षा निर्देशकमा सागर बराल, वातावरण निर्देशकमा शंकर पाण्डे, स्वास्थ्य निर्देशकमा राजेश ढुङ्गाना र सञ्चार निर्देशकमा महेश सुनारलाई जिम्मेवारी तोकिएको छ ।








Post a Comment

 
Top