0
गोल्डेन न्यूज संवाददाता
बि एण्ड बी हस्पिटल काठमाडांैका वरिष्ठ चिकित्सकहरु संग स्वास्थ्य परीक्षण गराउन र परामर्श लिन शनिबार पोखरामा भीड लाग्यो । पोखरा उप–महानगरपालिका वडा नं. ८, बगालेटोलस्थित सिद्धार्थ क्लवले आफ्नो वार्षिकोत्सवको अवसरमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रमलाई लेकसिटी हस्पिटल एण्ड क्रिटिकल केयर प्रालिले प्राविधिक सहयोग गरेको थियो । कार्यक्रममा हाडजोर्नी, तथा नसारोग सम्बन्धी ४३ जना, मृगौला तथा पिसाब सम्बन्धी ३२ जना र ओठ, तालु फाटेको सम्बन्धी ४ जनाले निःशुल्क स्वास्थ्य परीक्षण गराएको सिद्धार्थ क्लवका प्रथम उपाध्यक्ष एवं कार्यक्रम संयोजक रवि मर्सानीले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए ।  बी एण्ड बी हस्पिटल काठमाठांैका हाड जोर्नी तथा नसारोग विशेषज्ञ डा.अशोक बाँस्कोटा, सर्जरी÷यूरोलोजी–मृगौला तथा पिसाब रोग सम्बन्धी विशेषज्ञ डा. जगदिशलाल बैद्य र प्लास्टिक एण्ड रिकन्सट्रक्टीभ सर्जरी सम्बन्धी विशेषज्ञ डा.बसन्त माथेले विरामीहरुको स्वास्थ्य परीक्षण एवं स्वास्थ्य सम्बन्धी विविध विषयमा परामर्श दिएका थिए । ८५ बर्षीय अम्बर बहादुर खाँडलाई प्रिस्कृप्सन प्रदान गरी वरिष्ठ डाक्टर अशोक बास्कोटाले कायक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै सर्जरी÷यूरोलोजी–मृगौला तथा पिसाब रोग सम्बन्धी विशेषज्ञ तथा ण्ड बी हस्पिटलका संचालक डा. जगदिशलाल बैद्यले पोखराका बिरामीहरुको सेवाका लागि बी एण्ड बी हस्प्टिलबाट सम्भव भएसम्म १५ दिनमा एक पटक वा महिनको १ पटक सिद्धार्थ क्लबसंगको सहकार्यमा निःशुल्क स्वास्थ परिक्षण गर्न आउने प्रतिवद्धता जनाए । उनले  बी एण्ड बी हस्पिटलको सेवा सुविधा बारे जानकारी गराउँदै  सिद्धार्थ क्लबबाट सिफारिस गरिएका बिरामीहरुलाई बी एण्ड बी हस्पिटलका सबै सेवामा १५ प्रतिशत छुट गर्ने प्रतिवद्धता समेत जनाए ।  बि एण्ड बि हस्पिटलका अर्का संचालक डा. अशोक बास्कोटाले क्लबसँगको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर गर्न हस्पिटल सदैव तयार रहेको बताए। उनले भने–‘पहिलो चरणमा तीन जनाबाट सेवा उपलव्ध गराउने छांै, आवश्यक परे पछि संख्या पनि बढाउन सकिन्छ।’ कार्यक्रममा सिद्धार्थ क्लबका अध्यक्ष अनिल श्रेष्ठ, सल्लाहकार समिति संयोजक ज्ञानेश्वरराज श्रेष्ठ, पूर्व अध्यक्ष राजेन्द्र बाटाजू,  कार्यक्रम संयोजक रवि मर्सानी लगायतले सिद्धार्थ क्लवका विविध गतिविधिमाथि प्रकाश पारेका थिए ।   पोखरामा शनिवार आयोजित पत्रकार सम्मेलनमा हस्पिटलले हाड, जोर्नी तथा नशा, ओठ÷तालु फाँटेका र मृगौला रोगीको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने जनाएको छ। क्लबका पूर्वअध्यक्ष राजेन्द्र बाटाजुले क्लब र अस्पतालबीच समन्वय गरेका थिए। हस्पिटलले क्लबसँगको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर गर्ने प्रतिवद्वता गरेपछि क्लबका अध्यक्ष अनिल श्रेष्ठले खुशी व्यत्त गरे। बि एण्ड बिसँग सहकार्य गर्न पाउँनु गौरवको विषय हो उनले भने –‘हामीले बि एण्ड बिसँग गरेको सहकार्यबाट पोखरेलीहरु लाभान्वित हुने छन्।’







Post a Comment

 
Top