0
सामुदायिक सञ्चार केन्द्र कास्कीद्वारा सञ्चालित रेडियो गण्डकीले बृक्षारोपण गरेको छ । पोखरा–१४, मझेरीपाटनमा रहेको सहिद स्मृति आवासीय उच्च माविको प्राङ्गणमा २ सय ५० विरुवा रोपिएको रेडियोका अध्यक्ष अग्नी कंडेलले जानकारी दिए । कंडेलले महिनाको एक दिन विरुवाको संरक्षणको लागि समय छुट्टाएर पुग्ने बताए । कार्यक्रमका प्रमुख अतिथि एवं सोही विद्यालयका विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष हरिराज अधिकारी (कुमार) ले रेडियो गण्डकीले स्थापना देखिनै सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएको चर्चा गर्दै सहिदका छोराछोरीले अध्ययन गर्दे आएको विद्यालयलाई सम्झेर बृक्षारोपण गरेको भन्दै धन्यवाद दिए। अधिकारीले बृक्षारोपणले विद्यालय हराभरा हुने भन्दै बृक्षारोपण संगै ब्यवस्थापनमा पनि दुवै पक्षको ध्यान जान आवश्यक रहेको बताए । सामुदायिक सञ्चार सहकारीका केन्द्रीय महासचिव लोकप्रसाद बञ्जराले प्रत्येकले आफूले रोपेको विरुवाको संरक्षण आफैले गर्न सके सवै विरुवाको सहज रुपमा ब्यस्थापन हुने बताए । रेडियो गण्डकीका कोषाध्यक्ष गोमा ढकालले बातावरण स्वच्छ बनाउन विरुवा रोप्नुपर्ने बताउँदै रोप्ने मात्रै नभएर संरक्षण गर्दे हुर्काउनु महत्वपूर्ण हुने भएकोले आफूहरु पार्क बनाउने गरि अगाडि बढेको बताए। रेडियो गण्डकीका स्टेशन म्यानेजर घनश्याम पाण्डेयले रोपिएको विरुवामा कपुर, तेजपात, गोल्डमोहर, राईखन्यु, निबारो, पहेले फूल, तेजपात लगायतका २ सय ५० विरुवा रोपेको बताए । पाण्डेयले जिल्ला बनकार्यलय कास्कीले विरुवा सहयोग गरेको भन्दै बृक्षारोपणमा रेन्बो चिल्डे«न होम नेपालले पनि सहयोग गरेको बताए। बृक्षारोपणमा उजेली केयर फाउण्डेशनका सस्थापक अध्यक्ष डा. दिनेश कोइराला विद्यायलका विद्यार्थी, सञ्चालक समिति र बेल्जियमबाट आएका विदेशी भोलेन्टिएको पनि सहभागिता रहेको थियो ।
















Post a Comment

 
Top