0
गोल्डेन न्यूज संवाददाता
पोखराको मुख्य पर्यटकीय आकर्षण फेवाताल किनारमा सौर्य वत्ति जडान सुरु भएको छ । ताल किनार बाराहीघाटदेखि १ हजार ५ सय मिटरको दुरी गैराको चौतारासम्म सौर्य वत्ति जडान कार्य सुरु भएको हो । पोखरा उपमहानगरपालिका फेवाताल संरक्षण आयोजनावाट ३८ लाख, वातावरण मैत्री स्थानीय विकास कार्यक्रम (इफएलजी) वाट १५ लाख र जनसहभागीताबाट संकलन गरिएको ६ लाख गरि कुल ५९ लाख रकम लागनीमा सौर्य वत्ति जडान सुरु भएको हो । पर्यटकको चहलपलह हुने मुख्य क्षेत्र मानिएको ताल किनार तालवाराही मन्दिर जाने घाटदेखि पोल गाडेर सौर्य वत्ति जडान गरिएको पोखरा उपमहानगर फेवाताल संरक्षण आयोजनाको प्रमुख इन्जिनियर महेन्द्र गोदारले जानकारी दिए । ताल किनारमा सौर्य वत्ति जडान कार्य ७० प्रतिशत काम सकिएको छ । जडान गरि सकेका पोलहरुमा वत्ति बलिसकेको र एक हप्ता भित्र ताल किनारको १ हजार ५ सय मिटर क्षेत्र सबै झलमल्ल हुने इन्जिनियर गोदारले जानकारी दिए । गैराको चौतारासम्म वत्ति बाल्ने लक्ष्य रहेपनि केही स्थानमा अपुग हुने उनले सुनाए । अहिले १ हजार ५ सय मिटरमा ४५ वटा पोलमा वत्ति बल्ने उनले जानकारी दिए । बाँकी क्षेत्रमा अर्को बजेटवाट सौर्य वत्ति बिस्तार गर्दै लगिने इन्जिनियर गोदारले बताए । ताल किनारमा सौर्य वत्ति जडानले राति अवेरसम्म ताल किनारमा रमाउँने पर्यटकको सुरक्षामा सहयोगी हुने पोखरा पर्यटन परिषदका अध्यक्ष सोम थापाले बताए । यसले पर्यटकलाई ताल किनारमा अवेर सम्म सरक्षित रुपमा रमाएर बस्ने वातावरण बन्ने उनको विश्वास छ । यसरी नै पोखराको मुख्य बजार क्षेत्रका बिभिन्न सडकमा पनि सौर्य वत्ति जडान कार्य सुरु भएको छ । यस बर्ष यहाँका मुख्य बजारका बिभिन्न सडकमा पाँच करोड २० लाख लगानीमा सौर्य वत्ति जडान कार्य सुरु भएको पोखरा उप–महानगरपालिकाका इन्जिनियर धुव भट्टराईले जानकारी दिए । पोखराको ड्यामसाईड, छोरेपाटन, उत्तम मार्ग, लेकसाईड लगायतका बिभिन्न क्षेत्रमा ४ सय ३९ पोल गाडेर भदौ २० गते सम्म सौर्य वत्ति बाल्ने लक्ष्यका साथ धमाधम काम भइरहेको इन्जिनियर भट्टराईले जानकारी दिए । ६५ प्रतिशत स्थानीय विकास मन्त्रालय अन्तर्गत सौर्य उर्जा कार्यक्रम मार्फत, २५ प्रतिशत जनसहभागिता र १० प्रतिशत पोखरा उपमहानगरपालिकाको लगानीमा सौर्य वत्ति जडान कार्य सुरुभएको इन्जिनियर भट्टराईले बताए । पोखराको बिजयपुरबाट हलनचोकसम्मको पृथ्वीराजमार्गमा जडान गरिने भनेको सौर्य बत्ति भने स्थानीय जनसहभागीता नजुट्दा यस बर्ष हुन नसकेको इन्जिनियर भट्टराईले सुनाए । केन्द्रीय अनुदानले निरन्तरता पाए अर्को बर्ष राजमार्गमा पूर्न जनसहभागिता जुटाएर सौर्य वत्ति जडान कार्य थालिने उनले बताए । अवको ४ बर्ष सम्मका पोखराका मुख्य बजार क्षेत्रका सबै ठाउँमा सौर्य बत्ति बाली सकिने इन्जिनियर भट्टराईले जानकारी दिए । यसअघि दुई करोड २५ लाख ८६ हजार रुपैयाँको लागतमा लेकसाइड र न्यूरोडमा पहिलो चरणमा सौर्य सडक वत्ति जडान गरिएको थियो । नियमित मर्मत संवारको अभावमा बिस्तारै न्यूरोड र लेकसाईमा जडित सौर्य वत्तिले काम गर्न छाडेर अँध्यारो हँुदै गएका छन् । सौर्य वत्ति जडान पछि पनि नियमित रुपमा मर्मत नगर्दा यो समस्या आएको नागरिक समाज पोखराका संयोजक रामबहादुर पौडेलले बताए । नयाँ बन्दै जाने पहिले जडान गरेको सौर्य वत्ति बिगँ्रदै जाने यो राम्रो भएन त्यसैले यौर्य वत्ति जडान गर्ने क्रममै मर्मत संवारकालागि जडान गर्ने टोली संग सम्झौता गरेर काम गर्नुपर्नेमा पौडेलले जोड दिए । बत्ती सौर्य बत्ति जडान भएका क्षेत्रमा पर्यटक र नगरवासीलाई यात्रामा सहज भएको छ । रातको समयमा सडक उज्यालो भएपछि चारी र लुटपाटका घटनामा पनि कमि आई यस क्षेत्रको सुरक्षा अवस्था सुदृढ हुने पश्चिमाञ्चल होटल संघका अध्यक्ष भरतराज पराजुलीले बताए। बढ्दो लोडसेडिङको समस्यासँगै पोखरा आएका आन्तरिक तथा बाह्य पर्यटकले मुख्यगरि अँध्यारोको समस्या खेप्नुपरेको छ । लोडसेडिङका कारण अध्यारोमा हिंडडुल गर्नुपर्दा असहज तथा असुरक्षा महसूस गरेको अवस्थामा सौर्यवत्ति जडानले यस क्षेत्रको शान्ति सुरक्षा र चोरी डकैतिमा कमि आउने पर्यटन व्यवसायीको विश्वास छ ।



Post a Comment

 
Top