0
गोल्डेन न्यूज संवाददाता
राप्रपा नेपालकी नेतृ गीता गुरुङ्गले मूल नारा हिन्दूराष्ट्र नेपाल कायम नभएसम्म राप्रपा नेपालले आफ्नो अडान कहिल्यै नछोड्ने बताएकी छन् । अन्नपूर्ण कैलाशधाम शिवमन्दिर कृस्तिमा नवनिर्मित २ कोठे भवनको उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि राप्रपा नेपाल क्षेत्र नं.२ कास्कीका अध्यक्ष गीता गुरुङ्गले विकासका लागि राजनीति नगर्न आग्रह गर्दै हामी सबै एक भएर धार्मिक संरक्षण गर्न अगाडि बढ्नुपर्ने आजको आवश्यकता रहेको बताइन । राष्ट्रियता संकटमा परेको अवस्थालाई मध्यनजर गर्दै राष्ट्रियता बचाउन र हिन्दू धर्मको रक्षाका लागि पार्टी सरकारमा गएको बताउँदै अरुहरुको बहकाउमा नलागिकन आफ्नो हिन्दूत्व बचाउनका लागि सम्पूर्ण कार्यकर्ता तथा दिदीबहिनी दाजुभाईहरुलाई आग्रह गरे । हिन्दूराष्ट्र कायम भए मात्रै सबै धर्महरुको समान हक अधिकार हुने कुरामा समेत उनले जोड दिए । कार्यक्रममा केन्द्रीय सदस्य तथा धौलागिरी संयोजक कुलबहादुर गुरुङ कुलु, जिल्ला अध्यक्ष तथा पुन समाज नेपालका प्रशिक्षण विभाग प्रमुख जयलाल पुन, क्षेत्रीय सचिव निर्मल खत्री, युवा नेता ध्रुव गुरुङ्ग, जिल्ला उपाध्यक्ष नेत्र बहादुर बस्नेत लगायतले विदेशीको इसारामा नेपाललाई धर्म निरपेक्षतामा लादिंदै छ, यो कार्य तत्काल हटाई नेपाललाई सनातन हिन्दूराष्ट्र कायम गर्नुपर्नेमा जोड दिए। उक्त अवसरमा कोषाध्यक्ष कृष्ण बहादुर थापाले आर्थिक विवरण प्रस्तुत गरेका थिए । करिब ३ लाख रुपैयाँमा निर्माण सम्पन्न उक्त २ कोठे भवन सम्पन्न भएको थियो । अन्नपूर्ण कैलाशधाम शिवमन्दिर कृस्तिका अध्यक्ष धनबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य खिमबहादुर ठकुरीले गरेका थिए भने संचालन फणिन्द्र बहादुर थापाले गरेका थिए ।









Post a Comment

 
Top