0
गोल्डेन न्यूज संवाददाता
बालश्रम न्युनिकरण दिवसको अवसर पारेर सामाजिक जागरणका लागि नारी अभियानको आयोजनामा बालश्रम न्युनिकरण तथा सडक वालवालिका व्यवस्थापनमा सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया तथा ध्यानाकर्षण कार्यक्रम पोखरामा सम्पन्न भयो । कार्यक्रममा वोल्ने वक्ताहरुले पर्यटकिय क्षेत्रमा सडक वालवालिका हुनु लज्जास्पद कुरा भएको भन्दै सरोकारवाला संघसंस्थाले यसको व्यवस्थापनमा ध्यान पु¥याउनुपर्ने आवश्यकता आंैल्याएका थिए । कार्यक्रमका सहभागी तथा सरोकारवाला सवैले मैले वालश्रमिक नराख्ने र वालवालिकालाई दुव्यवहार नगर्ने प्रतिवद्धता व्यक्त गर्दै सडक वालवालिकाको व्यवस्थान तथा बालश्रमिक न्युनिकरणमा सहयोग गर्ने बताए । त्यस्तै पोखरामा सडकवालवालिकालाई सुधार गृह राख्नुपर्ने र वालगृहहरुको समेत अनुगमन गरि व्यवस्थित गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा जिल्ला वाल कल्याण समितिका अधिकृत वद्री प्रसाद वाग्लेले वालश्रममिक राख्नु अपराध भएको भन्दै वालश्रममिक न्युनिकरणमा सवैले चासो दिनुपर्नेमा जोड दिए । उनले अझैपनी पोखरामा १३ सय भन्दा वढी वालश्रमिक र एक सय भन्दा वढी सडक बालबालिका जोखिम अवस्थामा रहेको बताए । पोखरा उपमहारनगर पालिका सामाजिक शाखाका अधिकृत दुर्गा न्यौपानेले पोखरा नगरपालिकाले वालमैत्रि नगर घोषणा गर्ने तैयारी गरीरहेको अवस्थामा यस्ता कार्यक्रमले सहयोगी भूमिका खेल्ने भन्दै वालवालिका नाउमा छुट्याइएको वजेट अन्य क्षेत्रमा खर्च नगर्ने प्रतिवद्धता जनाइन् । कार्यक्रममा स्वतन्त्र सेनानी वद्रीविनोद प्रतिक, अधिवक्ता सरला कुमारी पाण्डे,अधिकारकर्मी विष्णुप्रसाद वराल,सामाजिक जागरणका लागि नारी अभियानका सदस्य अञ्जु क्षेत्री, सरिता घिमिरे, सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समितिका अध्यक्ष विष्णु भट्टराई, वाल तथा महिला सशक्तिकरण नेपालका अध्यक्ष सीता भट्टराई, सामुदायक सेवा केन्द्र पृथ्वीचोकका टोपबहादुर रोकया, मानव मिलनका सावित्री शर्मा,नेपाल रेडक्रस सोसाईटी वैदाम मंगल वहादुर नेपाली लगायतले वोलेका थिए । कार्यक्रमको सहजीकरण तथा कार्यक्रमको उद्देश्यमाथि अभियानका संयोजक सुष्मा पौडेलले प्रकाश पारेकी थिइन् भने कार्यक्रमको सञ्चालन मेनुका पौडेल र स्वागत कार्यक्रम संयोजक जमुना तिमिल्सिनाले गरेकी थिइन् ।

















Post a Comment

 
Top