0
राजाराम पौडेल÷गोल्डेन
विभिन्न आरोह–अवरोहका बाबजूद पनि लोकदोहोरी गायिका सीता केसी लामो समयदेखि नेपाली साँगीतिक क्षेत्रमा क्रियाशिल छन् । उनले आफ्नो जीवनमा विभिन्न उतार–चढाव सहनुप¥यो । ठूलो बज्रपात समेत उनीमाथि आइप¥यो । तर उनी कतिपनि विचलित भइनन् । धैर्यता, साहस र शुभचिन्ततको साथले उनको संर्घषले सार्थकता पाउँदै गयो । यतिमात्र होइन उनको निरन्तरताले यो क्षेत्रमा अगाडि बढ्न महिला कलाकारलाई उर्जा थपिदियो । उनै केसी हाल यो क्षेत्रलाई सिस्टममा लान नसक्दा समस्या बढ्दै गएको भन्दै चिन्तित छन् । ‘अग्रजहरुले नयाँ कलाकारलाई सिस्टममा लान नसक्दा यो क्षेत्रमा समस्या देखिएको छ’–उनी भन्छिन् ।  यो क्षेत्रको बारेमा नयाँ कलाकारलाई जानकारी दिने विभिन्न तालिम आयोजना गर्ने हो भने यो क्षेत्र व्यस्थित हुने उनको तर्क छ । अग्रजहरुको संरक्षण पाएकै कारण विकृति मौलाउँदै गएको उनको बुझाइ छ । त्यसो त दोहोरी प्रतियोगितामार्फत यो क्षेत्रमा स्थापित बनेकी उनी पछिल्लो समयमा लोकदोहोरी प्रतियोगिता आयोजना हुनेक्रम घटेकोमा झनै चिन्तित छन् । ‘आयोजकले खर्च बढी हुने प्रतियोगिता गर्न चाहँदैनन्, प्रतिष्पर्धामा आउन खोज्नेको समेत कमी छ’–उनको गुनासो छ । यसको महत्व बढाउन अग्रजहरुको भुमिका समेत खासै नदेखिएको उनी बताउँछिन् ।
छाङछाङदी गाउँ विकास समिति वडा नं. ७ स्याङ्जामा बुबा शिबबहादुर र आमा दिल कुमारी अर्यालको चौथो सन्तानको रुपमा केसीको जन्म भएको थियो । बाल्यकालदेखिनै लोकदोहोरी गीत प्रति रुचि राख्ने उनले गाउँमा हुने कार्यक्रममा र स्कुलमा हुने कार्यक्रममा भाग लिई आफ्नो प्रतिभा सुनाउने गर्थिन् । यसरी आफ्नो प्रतिभा सुनाउँदा पाएको सकारात्मक प्रतिक्रियाबाट उनी उत्साहित हुन्थिन् । तर गाउँमा बसेर यस क्षेत्रमा अघि बढ्न सम्भव थिएन । उनी वि.स.२०४९ सालमा उनी वैवाहिक जीवनमा समेत बाँधिइन् । त्यसपछि उनको आगमन संगीतको उर्वरभूमि पोखरामा भयो । पोखरा आएपश्चात् आफ्नो सक्रियता बढाउन उनले खोजिन् । वि.स.२०५२ सालमा पोखराको अम्मरसिहँचौरमा आयोजित दोहोरी प्रतियोगितामा उनले भाग लिइन् । तर तत्कालिन समयमा निरन्तरता दिन उनलाई त्यसपछि केहि समय सहज बनेन । घर व्यवहार, बालबच्चाको हेरचाह गर्नुपर्ने जिम्मेवारी उनलाई थियो । वि.स. २०५५ सालमा उनीमाथि ठूलो विपत्ति आइप¥यो । सवारी दुर्घटनामा श्रीमान्लाई गुमाउन पुगिन् । त्यसपछि उनको काँधमा ठुलो जिम्मेवारी आयो । एकल महिला भएर पनि उनी विचलित भने भइनन् । अनि तीन जना नाबालक छोराछोरी सुशिल केसी, कुशल केसी, सृष्टि केसीको कुशल अभिभावक बन्ने प्रण गरिन् । उनीहरुको सुन्दर भविष्य निर्माण गर्न उनले संर्घष शुरु गरिन् । उनले केहि समय किराना पसल र रेष्टुरेन्ट व्यवसाय गरिन् । वि.स.२०५६ बाट पुनः प्रतियोगीतामा भाग लिन उनले थालिन् । यो क्रमलाई वि.स.२०६७ सम्म निरन्तरता दिइन् । यस समयमा पोखरा र यस आसपासका कार्यक्रममा मात्र नभएर अन्य विभिन्न ठाउँमा आयोजना हुने प्रतियोगीतामा भाग लिई थुप्रै पुरस्कार हात पारिन् ।
वि.स. २०५९ मा ‘फेरी आयो पापी तीज’ गीतमा आवाज भरी औपचारिक यात्रा उनले नेपाली साँगीतिक क्षेत्रमा गरिन् । यो गीतमा आवाज, लय र शब्द उनले नै गरेकी थिइन् । यो एल्बममा रहेको अर्को गीत ‘जुरेली चरीको’ बोलको गीतमा आवाज उनले भरिन् । शब्द र लय संकलन नरबहादुर परियारले गरेको यो गीतमा आवाजमा केसीलाई सरस्वती परियार र माया गिरीले साथ दिएका थिए । एल्बम मार्फत सफलता उनलाई मिल्यो । एल्बम विक्री पनि सन्तोषजनक भयो । यसले उनमा उत्साह थपियो । वि.स.२०६० मा ‘नाँचन नाँचन छम छम’ तीज गीत बजारमा उनले ल्याइन् । लय र शब्द रामजी पौडेलले सिर्जना गरेको यो गीतमा आवाज केसीसँगै कृष्णा गुरुङ, सीता बराल, चोलेन्द्र पौडेल, सुरेन्द्र गुरुङ र रामजी पौडेलले भरे ।
वि.स. २०६२ मा रामजी पौडेलको लय शब्दमा ‘तिमी खोली  म त बगर’ पौडेल र केसीको आवाजमा बजारमा आयो । वि.स.२०६३ मा रामजी पौडेलको लय शब्दमानै केसी, पौडेल, सुरेन्द्र गुरुङ, माया गुरुङ र सीता बरालको आवाजमा ‘हेर्न आउ सान्नानी’ गीत बजारमा आयो । यहि वर्ष सीता बरालको तीज गीतमा केसीले आवाज भरिन् । पशुपती शर्माको लय, शब्द र आवाजमा ‘घन्काइदेउ मायालु’ वि.स.२०६५ बजारमा आएको उनले आवाज भरेको अर्को एल्बम हो । वि.स.२०६९ मा लुकाई राखे पिडा बोलको एकल गीत उनले पस्किइन् । शब्द र लय रामजी पौडेलको रहेको गीतमा आवाज केसीको थियो । यो गीतले उनलाई साँगीतिक क्षेत्रमा स्थापित गराउन सहयोग ग¥यो । वि.स.२०७२ मा ‘तिरिमिरि झ्याइ पा¥यो’ केसी, पौडेल र सुरेन्द्र गुरुङको आवाजमा बजारमा आयो । यो गीतको लय शब्द सिर्जना पौडलकै थियो ।
उनै केसीको नयाँ गीत ‘उधारो माया’ यतिबेला बजारमा आएको छ । लय र शब्द सिर्जना ज्योती न्यौपानेले गरेको यो गीतमा आवाजमा केसीलाई शिरिष देवकोटाले साथ दिएका छन् । चपली हाइटमा छायांकन गरिएको यो गीत विध्यवासिनी म्युजिकले बजारमा ल्याएको हो । शंकर विसीको निर्देशनमा आएको यो भिडियो दर्शक श्रोताको रोजाइमा पर्न थालेको छ । पछिल्लो क्रममा माया प्रेममा देखिएको आर्कषण दुई चार दिन मात्र सीमित गरेको भन्र्दै व्यङ्ग गरिएको छ ।
‘नगदमा हुन्न माया उधारोमा चल्ने धेरै छन्, मेरो बैशालु जोवन देखेर यहाँ जल्ने धेरै छन् यहाँ भन्ने धेरै छन्’ शब्दलाई दर्शक स्रोताले रुचाएका छन् । कलाकारहरुले संचालनमा ल्याएको

Post a Comment

 
Top