0
गोल्डेन न्यूज संवाददाता
पोखरा उपमहानगरपालिका वडा नं. १४, १५ र १८ मा रहेका क्लबहरुले पोखरा १४, १५ र १८ लाई प्रत्यक्ष प्रभाव पार्ने गरी बन्न लागेको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा सरोकारवालाहरु बीच भएका २८ बुँदे सम्झौता कार्यान्वयन लगायत अन्य संरचनाहरु निर्माण कार्यमा सहयोग एवं सुझाव र अनुगमन गर्ने उद्देश्यले क्लबहरुको सरोकार समिति गठन गरेका छन् । नव गठित समितिको अध्यक्षमा काजीपोखरी युथ क्लबका अध्यक्ष जितेन्द्रजंग थापा, उपाध्यक्षमा मनोहर युवा क्लबका अध्यक्ष रामजी जि.सी., सचिवमा दिव्य ज्योति युवा क्लबका अनुपसिंह भण्डारी, सह–सचिवमा जनएकता युवा क्लबका निरोज के.सी., कोषाध्यक्षमा काजीपोखरी क्लबका हेमन्त गुरुङ रहेका छन् । त्यसैगरी सदस्यहरुमा नव प्रतिष्ठान सामुदायिक क्लबका महासचिव रामचन्द्र सुवेदी, मेरो नेपाल युवा क्लबका अध्यक्ष हरि जि.सी., गलेश्वर युवा क्लबका अध्यक्ष विवेक भण्डारी र संगम युवा क्लबका अध्यक्ष अन्तिम गुरुङ रहेका छन् ।
समितिको सल्लाहकारमा ललितबहादुर बानियाँ, महेन्द्र आचार्य, राजेन्द्र भण्डारी, किरण अधिकारी र कल्पना थापा चयन भएका नव गठित समितिका सचिव अनुपसिंह भण्डारीले जनाए । काजीपोखरी युथ क्लबका अध्यक्ष जितेन्द्रजंग थापाको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष थापाले वडा  यो समितिले आ–आफ्नो वडामा भएका विकास निर्माणका कार्यहरुमा समेत निगरानी राख्ने बताए ।










Post a Comment

 
Top