0
गोल्डेन न्यूज संवाददाता
गोधुली दोहोरी साँझले स्थापनाको पहिलो वार्षिकोत्सव विशेष कार्यक्रम गरेर मनाउने भएको छ । वार्षिकोत्सवमा तीन दिने विशेष कार्यक्रम हुने बिहीबार आयोजित पत्रकार सम्मेलनमा दोहोरीका संचालकहरुले बताएका छन् ।  तीन दिने विशेष कार्यक्रमका बीच दोहोरी साँझमा चर्चित लोकदोहोरी गायकगायिकाहरुको प्रस्तुती रहने संचालक मध्येका एक मनोज भट्टले जानकारी दिए। ‘पहिलो वार्षिकोत्सव कार्यक्रमलाई हामीले ग्राहकहरुलाई मनोरञ्जनको प्याकेजको रुपमा पस्किँदैछौँ’, भट्टले भने–‘तीन दिनसम्म ग्राहकहरुका लागि विशेष छुटको व्यवस्था पनि गरेका छौँ ।’ उनले वार्षिकोत्सव विशेष कार्यक्रमको अवधीमा ग्राहकहरुका लागि १० प्रतिशत छुटको व्यवस्था गरिएको जानकारी दिए । तीन दिने विशेष वार्षिकोत्सव कार्यक्रम अन्तरगत विमलराज क्षेत्री, निता पुन मगर, जानकी तारमी मगर, कुमार पुन लगाएतका राष्ट्रिय कलाकारसँगै नियमित कलाकारहरु को प्रस्तुति रहने अर्का संचालक रेशम रचकले जानकारी दिए । सामाजिक सेवामा समेत निरन्तर लाग्दै आएको दोहोरी साँझले यो पटकको वार्षिकोत्सवको अवसरमा पनि बाढिपीडितहरुका लागि विशेष रकम छुट्टाउने जानकारी दिएको छ । त्यस्तै दोहोरी साँझले हरेक वर्ष एक जना पत्रकारलाई सम्मान गर्ने वार्षिकोत्सवको अवसरमा घोषणा गरेको छ । यो वर्ष रंग पत्रकारितामा कलम चलाउँदै आएका पत्रकार रेम बिकलाई दोहोरीले सम्मान गर्ने जानकारी दिएको छ । तीन दिने विशेष कार्यक्रमको बीचमा पत्रकार बिकलाई दोहोरीले सम्मान गर्ने जनाएको हो । त्यस्तै किचन, स्टेज र सर्भिसमा राम्रो पर्फमेन्स गर्ने एक–एक जनालाई पनि दोहोरीले यो पटक सम्मान गर्ने निर्णय गरेको छ ।
८० लाख रुपैयाँ लगानीमा व्यावसाय शुरुवात गरेको दोहोरी साँझले दोस्रो वर्षसम्म आईपुग्दा लगानी विस्तार गरेर एक करोड १० लाख रुपैयाँ पु¥याईसकेको छ । हाल दोहोरीमा ४५ जना कर्मचारीहरुले रोजगारी पाएका छन् । दोहोरीसँगै गेम जोन र दिउँसो ‘क्वालिटि फुड सेन्टर’ नामको रेस्टुरेन्टसमेत संचालकहरुले चलाउँदै आएका छन् ।  दोहोरीले स्थापना देखि मासिक नयाँ नयाँ राष्ट्रिय कलाकारहरु निम्ताउँदै ईभेन्टहरु गर्दै आएको छ । व्यावसाय शुरुवात भएसँगै भूकम्प र नाकाबन्दीको असर परेपनि सामाजिक उत्तरदायित्वको हिसाबले दोहोरी साँझले विभिन्न खाले सहयोगको हात बढाइराखेको संचालकहरुले बताएका छन् । यो बीचमा भूकम्प पीडित गोरखाको विभिन्न क्षेत्रमा पुगेर दोहोरीको तर्फबाट आर्थिक तथा भौतिक सहयोग प्रदान गरेको संचालकहरुले पत्रकार सम्मेलनको क्रममा बताए ।

Post a Comment

 
Top