0
गोल्डेन न्यूज संवाददाता
अखिल नेपाल फुटबल संघको बार्षिक कार्यक्रम अन्तर्गत बिहीबारदेखि पोखरामा कास्की जिल्लास्तरीय कोकाकोला कप विद्यालयस्तरीय छात्र÷छात्रा फुटबल प्रतियोगिता सुरु भएको छ । विहिबार भएको खेलमा बालकल्याण स्कुलले श्रीसिद्ध उच्च माविलाई ४–० ले पराजित गर्यो । अर्को खेलमा चिल्ड्रेन एकेडेमी विजयी भयो । सिद्धार्थ लब्डेल अन्तिम समयमा खेलमा सहभागी नभएपछि चिल्ड्रन स्वत विजयी भएको हो । त्यस्तै बेसलाईन एकेडेमीले पोखरा लनर्स एकेडेमीलाई टाइब्रेकरमा ४–२ गोल अन्र्तरले पाखा लगायो । अर्को खेलमा शुक्रराज मावि विजयी भयो । समता निकेतन अन्तिम समयममा मैदानमा उपस्थित नभएपछि स्वत शुक्रराज विजयी भएको हो । सितलज्योतीले गुड सेफर्डलाई २–० गोलले पराजित गदै विजयी भयो । खेल पोखरा रगंशाला र शसस्त्र प्रहरी बलको कालिका गणभित्रको खेल मैदानमा संचालन भएको छ । कालिका कगणमा भएको खेलमा लिटिल स्टेपले महेन्द्र उमाविलाई पराजित गरेको छ । यसअघि प्रतियोगिताको उद्घाटन शसस्त्र प्रहरी बल, मुक्तिनाथ बाहिनीका बाहिनीपति डिआइजी नरेन्द्र कुमार सिंहले गरेका थिए । कार्यक्रम कास्की जिल्ला फुटवल संघका अध्यक्ष धरमबहादुर लामिछानेको अध्यक्षतामा भएको थियो । जेठ २९ गतेसम्म संचालन हुने प्रतियोगितामा सरकारी र नीजि विद्यालयका १ सय ३ विद्यालयले प्रतिस्पर्धा गर्ने छन् । आयोजक एन्फा कास्कीका अध्यक्ष धरमबहादुर लामिछानेका अनुसार प्रतियोगितामा छात्र तर्फ ९० विद्यालय र छात्रा तर्फ १३ विद्यालयले सहभागीता जनाएका छन् । प्रतियोगितामा विजेता टिमले ट्रफि, पदक र प्रमाणपत्र प्राप्त गर्ने छन् ।प्रतियोगितामा छात्र तर्फका विजेता र उपविजेता र छात्रा तर्फ विजेता टिमले क्षेत्रीय विद्यालयस्तरीय कोकाकोलाक कप फुटबल प्रतियोगितामा सहभागीता जनाउन पाउने छन् । क्षेत्रीय प्रतियोगिता साउन २५देखि भदौ ७ गतेसम्म तनहँुमा हुने भएको छ ।विद्यालयस्तबाट नै फुटबल खेलाडीको उत्पादन गर्ने उद्देश्यले एन्फाले विद्यालयस्तरीय फुटबल प्रतियोगिता संचालन गदै आएको एन्फा कास्की अध्यक्ष लामिछानेले बताए । खेलकुदको प्रमुख जग नै विद्यालय भएकाले विद्यालयबाटै खेलाडी उत्पादन गर्न प्रतियोगिता संचालन गरिएको हो ।

Post a Comment

 
Top