0
गोल्डेन न्यूज संवाददाता
पायनियर स्कुलले १२औं अन्नपूर्ण मैत्रीपूर्ण खुल्ला अन्तरस्कुल बुद्धिचाल प्रतियोगिताको उपाधि जितेको छ । उपाधि विजेता पायनियरले तीन स्वर्ण र दुई रजत सहित ९ पदक साथ ३५ अंक हात पारेको होे । आयोजक अन्नपूर्ण उच्च माबिको दुइ स्वर्ण सहित २९ अंक पाएर उपविजेता भयो । यसैगरी, बिन्ध्यबासिनी स्कुल २६ अंक सहित तेश्रो भयो । बुधबार अन्तिम दिन छात्रा यु–१२ मा ग्रीनल्यान्डकी समृद्धि पाण्डे पहिलो, हिमालयनकी सिम्रन प्रधान दोश्रो तथा अन्नपूर्णकी अमृता पाण्डे तेश्रो भए । यसै उमेर समूहको छात्र स्पर्धामा अन्नपूर्णका दिपेन्द« गमाल पहिलो, पायनियरका मन्दिप राइ दोश्रो तथा अन्नपूर्णका आदर्श जैयसवाल तेश्रो भए । छात्रा यु–१४ मा पायनियरकी अनिषा न्यौपाने पहिलो, भानुभक्त स्कुलकी मेनुकला बस्नेत दोश्रो तथा एभिएमकी अलिना केसी तेश्रो भए । सोही उमेर समूहको छात्रतर्फ अन्नपूर्णका मोहम्मद अदनना अदील पहिलो, हिमालयन स्कुल भक्तपुरकी निकेन कुसाथा दोश्रो तथा अन्नपूर्णका समिर अन्सारी तेश्रो भए । १४ बर्ष भन्दा माथिको उमेर समूहमा छात्रातर्फ पायनीयरकी आभा पुडासैनी पहिलो,पुष्पसदनकी दिपा रोका दोश्रो तथा सुप्रीमकी अस्मिना मगर तेश्रो भए । छात्र तर्फ दिपज्योतिका अपिल रिमाल पहिलो, पायनियरका सुदिप तामाङ्ग दोश्रो तथा ग्रीनल्यान्डका युवराज पौडेल तेश्रो भए । प्रतियोगिताका विजयी टोली तथा खेलाडीलाई प्रमुख अतिथि नेपाल बुद्धीचाल संघका अध्यक्ष एकालाल श्रेष्ठ, बिशिष्ट अतिथि विद्यालय निरीक्षक सूर्यनाथ कोइराला र अन्नपूर्ण स्कुलका प्राचार्य चन्द« प्रकाश राजभण्डारी लगायतले पुरस्कार तथा ट्रफी प्रदान गरे ।

Post a Comment

 
Top