0
नेपाल रेडक्रस सोसाइटी कास्की शाखा अन्तरगत गठित नेपाल रेडक्रस सोसाइटी पोखरा–२० उपशाखा भलामद्धारा १७ औ राष्ट्रिय सरसफाई सप्ताह एवं ४३ औ विश्व वातावरण दिवसको उपलक्ष्यमा वायोखोला तुरतुरे खोल्सा भलाममा बृक्षारोपण गरिएको छ । घरघरमा सफा चर्पी हामी जिम्मेवार स्वच्छ पानी स्वस्थ्य वानी–हाम्रो सरोकार नाराका साथ नेपाल रेडक्रस सोसाइटी पोखरा–२० भलाम उपशाखाको आयोजनामा वडा नं. २० भलामका विभिन्न संघ संस्थाहरुको सहयोग र सहभागितामा २५० वटा विरुवाहरु वास, बकाइनो, नेवारो, आदी जातका विरुवा रोपिएको थियो ।  कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका उपसभापति डण्डराज शर्माले सरसफाई अभियान दिवसमा मात्र सिमित नभई हरेक दिन हरेक समय आवश्यक भएको बताए । उनले यसलाई निरन्तरताको लागि रेडक्रस जस्तो मानवीय संस्थाको अगुवाईमा कार्यक्रम संचालन गर्नुपर्नेमा जोड दिए। उपशाखाका सभापति फणिन्द्रराज पौडेलको सभापतित्व मा सम्पन्न कार्यक्रममा समाजसेवी बृक्षारोपणमा सहयोग गर्ने फरेस्टर गुप्तबहादुर भुजेल, उपशाखाका उपसभापति मिनबहादुर जि.सी., उपशाखाका सदस्य अमरबहादुर के.सी. लगायतले वातावरण दिवसको महत्व वारे  बोलेका थिए । यसैगरी नेपाल रेडक्रस सोसाइटी कास्की शाखाको आयोजनामा एक दिने उपशाखा सशक्तिकरण कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी कास्की शाखाको बार्षिक क्यालेण्डर अनुसार उपशाखाका सभापतिहरुको लागि राखिएको सो कार्यक्रममा ४५ उपशाखाका सभापति एवम् पदाधिकारीको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै शाखाका सभापति बामदेव ढुंगानाले व्यवस्थापकीय क्षमता बृद्धिभई कार्यसम्पादनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । उद्घाटन र्यक्रममा शाखाका उपसभापति डण्डराज शर्माले सवै उपशाखाका उपस्थित सहभागीहरुलाई स्वागत गर्दै कार्यक्रमको उद्देश्य वारे जानकारी दिएका थिए । कार्यक्रमको सञ्चालन शाखाका मन्त्री कृष्ण तिमिल्सिनाले गरेका थिए । कार्यक्रममा शाखाका मन्त्री तिमिल्सिना र शाखाका उपनिर्देशक खेमराज सापकोटाले क्रमशः रेडक्रस परिचय र उपशाखाको अनिवार्य दायित्व एवं विपत परिचय र विपतमा उपशाखाको भुूमका वारेमा सहभागीहरुलाई सहजीकरण गरेका थिए । सहभागितको तर्फबाट पोखरा ८ उपशाखाका सभापति दानबहादुर गुरुङ र पोखरा ४ उपशाखाका सभापति इन्द्रकुमारी अधिकारीले कार्यक्रम उपलव्धिमूलक र ज्ञानबद्र्धक रहेको बताए ।








Post a Comment

 
Top