0
गोल्डेन न्यूज संवाददाता
युनाइटेड क्लवले टोल टोलमा उज्यालो अभियान अन्तर्गत शनिवार पोखरा–१० रामबजारमा रहेको कामना टोलमा जडान गरेको सौर्य बत्ती हस्तान्तरण गरेको छ । अमरसिंह चोकमा सौर्यबत्ती जडान सुरु गरी सुरु भएको यो अभियान अन्तर्गत दोश्रो चरणमा क्लवले कामना टोलमा २४ वटा पोलमा सोलार बत्ती जडान गरी हस्तान्तरण गरेको हो । कार्यक्रममा वोल्दै पोखरा उपमहानगरपालिका वडा नम्बर १० का वडा सचिव नवराज थापाले नगरपालिकाले गर्नुपर्ने काम युनाइटेड क्लवले गरेकोमा धन्यवाद दिंदै आगामी दिनमा पनि यो अभियानालाई जारी राख्न आग्रह गरे । त्यस्तै टोल बिकास समन्वय समिती वडा नम्बर १० का अध्यक्ष सम्मर बहादुर श्रेष्ठले युनाइटेड क्लवले छोटो समयमा पोखरामा नाम कमाउन सफल भएको वताउदै अमरसिंह वरपरका टोलमा उज्यालो छर्ने काम गरिरहेको र त्यसलाई आफूहरुले सक्दो सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे । कार्यक्रममा वोल्दै युनाईटेड क्लव पोखराका अध्यक्ष हिमालय बख्रेलले क्लवले स्थापना कालदेखि शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धनका लागि पोखरामा चिडियाखाना निर्माण गर्ने उद्देश्य बोकेर अघि वढेको भएतापनि पछिल्लो समय लोडसेडिङलाई मध्येनजर गरेर टोलटोलमा उज्यालो अभियान अन्तर्गत अघि वढेको बताए । पहिलो चरणमा माछापुच्छ«े टोलबाट शुरु भएको अभियान कामना टोलमा पुगेको वताउँदै अन्य टोलमा पनि सौर्य बत्ति जडानका लागि क्लवले ४० प्रतिशत लगानी गर्न तयार रहेको वताए । क्लवले पहिलो अभियानमा दशै तिहार सम्ममा वडा नम्बर १० मा सौर्यबत्ती जडान गर्ने र अन्य टोल तगा वडाहरुमा पनि ४० प्रतिशत क्लव र ६० प्रतिशत टोलको खर्चमा आफुहरु सौर्यबत्ती जडान गर्ने अभियानमा रहेको वताए । कामना टोल बिकास संस्थाका अध्यक्ष कृष्ण बहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा दुचीटोल बिकास सस्थाका अध्यक्ष किरण भट्टचन, अमरसिंह टोल बिकास समितीका सचिव पूर्ण चन्द्र न्यौपाने लगायतले वोलेका थिए भने  कामना टोल बिकास संस्थाका सदस्य चन्द्रप्रसाद गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए ।





Post a Comment

 
Top