0
गोल्डेन न्यूज संवाददाता
बिश्व वातावरण दिवसको अवसर पारी पश्चिमाञ्चल क्षेत्रिय अस्पताल परिसरमा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लब अफ पोखरा पिस सिटी, पोखरा फिस्टेल र बाबा फाउण्डेशन नेपालको सयुक्त आयोजना र कान्तिपुर डेण्टल हस्पिटल पोखराको सहयोगमा अस्पताल हाताभित्र अधिल्लो बर्ष बृक्षारोपण गरिएको बिरुवाहरुको गोडमेल र बाँकी रहेको ठाउमा बृक्षारोपण गरिएको हो । कार्यक्रमको उद्घाटन गर्दै लायन्स क्लब अन्र्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ बी १ नेपालका डिष्ट्रिक्ट ट्री प्लान्टेशन कमिटी चेयरपर्सन तीर्थ बहादुर बस्नेतले बृक्षारोपण गर्नु मात्रै नभई यसको संरक्षण महत्वपुर्ण रहेको बताउँदै आज भोली बिभिन्न संघ संस्थाहरुले रुख रोपेको भए पनि उचित संरक्षण नगर्ने देखिएको छ, तर लायन्सले संरक्षणमा ध्यान दिदै गत बर्ष रोपिएका बिरुवा गोडमेल गरेर उदारणीय कार्य गरेकोे बताए । कार्यक्रममा लायन्स क्लब अफ पोखरा फिस्टेलका अध्यक्ष बाबुराम गिरीले जिवनका लागि अति नै महत्वपुर्ण चिजवातावरण भएकोले रुखको महत्वको बारेमा सवैले बुभ्mनु पर्ने बताए । कार्यक्रममा लायन्स क्लब अफ पोखरा पिस सिटीका अध्यक्ष टंकराज अधिकारीले रुख र मानव जिवनको सम्वन्ध नङ्ग र मासुको जस्तो हुने भएकोले रुखलाई सवैले माया गर्नुपर्ने धारणा राखेका थिए । यसै गरी बाबा फाउण्डेशन नेपालका कार्यकारी अधिकृत अमृता पौडेलले बालबालिका र बातावरणको क्षेत्रमा काम गर्दै आएको फाउण्डेशनले लायन्स जस्तो बिश्वको सबै भन्दा ठूलो समाजीक संस्थासँग सहकार्य गर्न पाएकोमा खुशी ब्यक्त गर्दै आगामी दिनमा पनि सहकार्यको लागि आग्रह तयार रहेको बताईन । बृक्षारोपण तथा गोडमेल कार्यक्रममा लायन्स क्लब अफ पोखरा पिस सिटी, पोखरा फिस्टेल बाबा फाउण्डेशन नेपाल र कान्तिपुर डेण्टल हस्पिटल पोखराबाट उल्लेख्य सहभागिता रहेको थियो ।



Post a Comment

 
Top