0
गोल्डेन न्यूज संवाददाता
चिप्लेढुङ्गा बिपी चोकदेखि सिद्धार्थ चोकसम्म करिब १ सय को हाराहारीमा छरिएर रहेका ब्यबसायीहरु संगठित भएका छन् । भेलाले चिप्लेढुङ्गा–सिद्धार्थ चोक ब्यबसायी समिति गठन गरेको छ । व्यबसायिक हकहितका साथै सामाजिक क्षेत्रमा काम गर्ने उद्देश्यका साथ सँस्था गठन भएको अध्यक्ष डिबि भुजेलले बताए । समितिको उपाध्यक्षमा पूर्ण थापा, सचिवमा मोति भुजेल, कोषाध्यक्षमा लक्ष्मण न्यौपाने, सह–सचिवमा दुर्गा सुनुवार, सह–कोषाध्यक्षमा प्रमोद लिगल र सदस्यहरुमा राजेन्द्र बजिमय, मनोज श्रेष्ठ लक्ष्मण न्यौपाने, पिताम्बर लामिछाने, बिष्णु अधिकारी विश्व राना, किरणराज लामिछाने, नबिन श्रेष्ठ अनिल ढेवाजु, चयन भएका छन् । समाजिक उत्तरदायित्व बहन गर्दै अघि बढ्ने सो समितिको सल्लाहकारमा कृष्ण बहादुर गुरुङ, शुवर्ण प्रसाद कोइराला, गणेश छबी, श्यामलाल श्रेष्ठ, लक्ष्मण श्रेष्ठ, तेजकुमार मल्ल र रुद्र गुरुङ रहेका छन् ।

Post a Comment

 
Top