0
विष्णुलाल श्रेष्ठ
सरकारले नेपाललाई धान वर्षको रुपमा मनाएको दश वर्षभन्दा बढी भयो । प्रत्येक वर्षको असार १५ लाई धान वर्ष भनेर मान्ने गरिएको छ । असार १५ को त आफ्नै सांस्कृतिक महत्व पनि छ । असारे गीतको कुरा अर्कै छ । असार १५ मा दही चिउरा खाने प्रचलन आजको होइन । परम्परादेखि चल्दै आएको यो दही चिउराको महत्ता आज पनि गाउँघरमा छँदै छ । असार १५ लाई सारा किसानले हर्षका साथ सदियौंदेखि मनाउँदै आए पनि सरकारका तर्फबाट कुनै उत्सवका रुपमा मान्ने गरिएको भने थिएन । कृषि प्रधान मुलुकमा असारको महत्व आफ्ना ठाउँमा छन् । असार १५ लाई झन विशेषरुपमा मनाउने धेरै पहिलेदेखिको आमप्रचलन पनि हो । चाहे किसान होउन्, चाहे व्यापारी, चाहे जागीरवाला वा विद्यार्थी सवैले बडौ हौसलाकासाथ असार १५ लाई दही चिउराका साथ उत्साहपूर्वक मनाउने गरिन्छ । अरु समयमा खाएको भन्दा असार १५ को दिन खाएको दही चिउरा स्वादिलो पनि हुन्छ । यो मनोवैज्ञानिक कुरा भए पनि वास्तवमा स्वादिष्ट चाहिँ हुन्छ पनि । पानी परिरहेको अवस्थामा चौतारा वा खेतको आलीमा बसेर समूहमा दही चिउरा खानुको मज्जा नै अर्को हुन्छ ।  असार १५ लाई नेपाली किसानहरुले आफ्नै किसिमबाट हौसलापूर्वक मनाउँदै आइरहेको सन्दर्भमा २०६० सालमा नेपाल सरकारले यसलाई धान वर्षको रुपमा मनाउने घोषणा ग¥यो । यसको महत्ता छँदै छ । असार १५ लाई धान वर्ष भन्नाले धानको उत्पादन, गुणस्तर र प्रविधियुक्त तरिकाबाट धान खेती गर्ने भन्ने हो । सरकारले यसका लागि विशेष महत्व दिएर धान वर्षको घोषणा गरेको हुनुपर्दछ तर सरकारले जसरी नेपालमा प्रत्येक वर्षको असार  १५ लाई धान वर्षको घोषणा ग¥यो यसलाई सार्थक बनाउन किसानहरुलाई धेरै चिजमा सहुलियतको घोषणा पनि ग¥यो । मल, बिउ, औजार र अन्य कृषि वस्तुहरुमा ऋणमा सहुलियत, अनुदान, व्याजमा सहुलियत आदिको घोषणा पनि गरेको हो । धान वर्षसँगै त्यही असार १५ लाई केन्द्रविन्दु बनाएर कृषि वस्तु र अन्य सामग्रीमा सहुलियत दिने व्यवस्था पनि मिलाएको हो । किसानहरु सरकारी घोषणाले हर्षित भएका पनि हुन् । नेपालको कृषि व्यवस्थामा अब्बल क्रान्ति आउने भो भन्नेतिर सवैतिर आशा छाएको पनि हो । तर हात्ति आयो हात्ति आयो फुस्सा भने झैं त्यो धेरै समय टिक्न सकेन । धान वर्षको नाउँमा किसानहरुले कुनै उपलब्धि हासिल गर्न नसकेपछि निराश हुनु स्वाभाविक पनि हो । न सरकारले घोषणा गरेझैं किसानले कुनै सहुलियत पाए न उनीहरु हौसीने कुनै वातावरण नै बन्यो । प्रचारका नाउँमा डिक्की हाँकेर हुने भए सवैले गरि नै हाल्थेस होइन भने धाक धक्कु जमाउँदैमा केही हुनेवाला भने होइन । बरु बढी प्रचार नगरेरै पनि किसानहरुलाई भनेबमोजिमको सुविधा सहुलियत दिएको भए त्यो उपयुक्त हुने थियो । त्यसैले सरकारले आफ्नो दायित्व पूरा गर्न सकेन । आज ती वाचा कवुल पूरा गर्न सकेको भए नेपालको कृषि व्यवसाय निकै माथि पुग्ने थियो । प्रविधिमा उत्कृष्टता आउने थियो । उत्पादनमा बढोत्तरी पनि हुने थियो । परिणाममुखी कार्यले नै देशलाई अगाडि बढाउन सकिने हो । सरकारले जबसम्म आफूले निर्वाह गर्नुपर्ने दायित्व पूरा हुँदैन तवसम्म देश अगाडि बढ्न सक्दैन ।
विश्वमा कृषि प्रविधि अत्यन्त उच्च र आधुनिक बनिसकेको छ । उत्पादनमा सोचेभन्दा बढोत्तरी भएको छ । मल बिउ विजनमा आएको प्रविधियुक्त सफलताले उत्पादन झनै बढेको छ । उन्नत जातका मल आएका छन् । हिजो रसायनिक मलको नाउँमा त्यत्ति विधि राम्रो उत्पादन लिन नसकिने अवस्था पनि थियो । तर आज मल विशेष प्रविधियुुक्त तरिकाले बनाइएको छ । बीउ उच्च गुणस्तरको छ । धान खेतीकै कुरा गर्ने हो भने पनि धान खेतका लागि केही अघिसम्म एउटा गाँजमा ५÷६ वटा रोपो रोपिने गरिन्थ्यो । यसको अर्थ एउटै गाँजमा धेरै धान फलोस् भन्ने थियो । तर आज त्यो स्थिति रहेन । एउटै रोपोले त्यसैमा धेरैधान फल्ने भएको छ । बिउ थोरै राखे पनि हुने र रोप्दा सजिलो पनि हुने । साथै उत्पादन  पनि धेरै हुने भएपछि सवैतिर फाइदा हुने कुरा निश्चित छ । कृषि औजार पनि निकै आधुनिक आएका छन् । सरल, सुविधायुक्त कृषि औजारका कारण खेती गर्न सजिलो भएको छ । तर सरकारले धान वर्षका नाउँमा किसानलाई यी कुनै पनि सुविधा प्रदान गरेको आभास छैन । के कति कारणले घोषणा गरेर पनि किसानलाई सुविधा नदिएको हो त्यसको जवाफ सम्बन्धित ठाउँबाट आउनु आवश्यक छ । होइन भने सस्तो लोकप्रियता र प्रचारका नाउँमा आदि इत्यादि सुविधा सहुलियतको घोषणा गर्नुको कुनै तुक रहँदैन । त्यसैले सरकारले धान वर्षका नाउँमा प्रचार मात्र गर्ने तर सुविधा सहुलियत नदिने हो भने त्यसले केही अर्थ राख्दैन । आगामी दिनमा पनि सरकारले यतातिर कुनै ध्यान नदिने हो भने सरकारप्रतिको आस्था स्वतः घटेर जाने छ । तसर्थ धान वर्षको औचित्य प्रष्ट पार्नका लागि समयमै सरकारको घैंटोमा घाम लागोस् ! चेतना भया
 
माना रोपेर मुरी फलाउने दिन 



आज असार १५ अर्थात राष्ट्रिय धान दिवस। मानो रोपेर मुरी फलाउने समय। देशभर रोपाई गरी दही चिउरा खाएर पर्वकै रुपमा मनाइदै छ पन्ध्र असार। आजको दिनलाई राष्ट्रिय धान दिवसको रुपमा पनि मनाईन्छ। मानो रोपेर मुरी फलाउने समयको रुपमा लिइने असार महिनामा निकै चटारो हुन्छ नेपाली किसानहरुलाई। त्यसमा पनि मध्य असार अर्थात् असार १५ को महत्व त झनै वढी छ। असार पन्ध्रको दिन रोपिएको धान अघिपछि रोपिएको भन्दा वढी फल्ने विश्वास छ। आजको दिन धान रोपाई गरी दही चिउरा खानाले शुभलाभ हुने धार्मीक र सांस्कृतिक विश्वास समेत छ । आफ्नो जमीन नहुने र खेतीपाती नहुनेहरुले पनि आजको दिन रोपाईमा सहभागी भएर हिलो छ्यापाछ्याप गरी रमाइलो गर्ने गर्दछन्। असारे गीतको भाकाले त असार पन्ध्रको रौनक झनै वढाइदिन्छ। रोपाई गर्दा किसानका दुख पिर तथा हर्ष र उल्लासलाई समेटी असारे गीतका रुपमा गाउने गरिन्छ। समूह समूहमा मिलेर असारे भाकामा दोहोरी गाउने प्रचलन समेत छ।  धेरै खेत हुने किसानहरुले बेठी लगाउने अर्थात पञ्चेवाजा बजाई नाचगान गर्ने, भोज खुवाउने तथा खेतालाहरुलाई मसला र रुमाल बाँडेर रमाइलोसंग रोपाईं गर्ने परम्परा पनि छ। पालैपालो एक अर्काको मेलामा सहभागी भएर रमाइलो संग रोपाईं गर्दा यसले सामाजिक सद्भाव र एकतामा समेत सहयोग पु¥याउँदै आएको छ। बर्षा हुने असारको महिना बर्षभरीको लागि चाहिने खाद्यान्न धानवाली लगाउन कडा परिश्रम गर्नुपर्ने समय हो। यस्तो समयमा रोग नलागोस् र शरीर स्वस्थ रहोस भनेर दहि चिउरा खाने गरिएको र दहि खाएमा शरीमा राम्रोसंग रक्तसञ्चार भइ शक्ति परिश्रम गर्न सजिलो हुने जनविश्वास छ। तर आकासे खेतीमा भर पर्नु पर्दा भने असारको चटारोसंगै पीडा पनि थप्ने गरेको छ नेपाली किसानलाई। यसबर्ष आधा असार वितिसक्दा पनि पर्याप्त बर्षा नहुनाले धेरैजसो ठाँउमा रोपाई हुन सकेको छैन। यससंगै रोपाईंको समयमा हुने मल अभाव पनि किसानका लागि अर्को पीडा वन्ने गरेको छ। राष्ट्रको कुल गार्हास्थ उत्पादनमा चालिस प्रतिशतसम्म योगदान कृषि क्षेत्रले ओगट्दै आएपनि यस क्षेत्रको विकासको लागि प्रभावकारी योजना र चासोको अभाव खड्किंदै आएको छ। जे होस्, राष्ट्रिय धान दिवसको रुपमा समेत मनाइने यो दिन साँच्चिकै मानो रोपेर मुरी उब्जाउने दिन वनोस् सम्पूर्ण नेपाली किसानका लागि। राष्ट्रको कुल गार्हस्थ उत्पादनमा ३८ देखि ४० प्रतिशतसम्म योगदान रहेको कृषि क्षेत्रमा असारको रोपाईंले ठूलो महत्व राख्दछ । कृषि प्रधान देश नेपालमा प्रमुख खाद्यान्न धान बालीको उत्पादनमा हुने घटबढ्ले अर्थतन्त्रमा समेत त्यसैअनुसार प्रभाव पार्ने भएकाले रोपाईंको ठूलो महत्व रहेको छ । सामान्यतया नेपालमा जुन १० अर्थात् जेठको अन्तिम सातादेखि मनसुन सुरु हुन्छ । देशमा कुल धानखेतीको करिब २१ प्रतिशत क्षेत्रफलमा मात्र सिंचाई सुविधा उपलब्ध भएकाले बाँकी क्षेत्र मनसुनमै भर पर्नुपर्ने स्थिति रहेको छ । त्यसैले मानो रोपेर मुरी फलाउने यो समयमा कृषकहरु आफ्ना अन्य काम छाडेर भएपनि असारे भेल छोपी धानबाली लगाउन व्यस्त हुने समय हो । साता पन्ध्र दिन काम गरेर वर्र्षभर खाने बाली लगाउन कामको मिचो भएकाले वास्तवमा सबै कृषकका लागि असारको पन्ध्र महत्वको हुन्छ । नेपालमा ८५ प्रतिशत मनसुन जुनदेखि सेप्टेम्बरसम्ममा र १० प्रतिशत हिउँदमा हुने गरेको छ ।











Post a Comment

 
Top