0
गोल्डेन न्यूज संवाददाता
डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले ३ सह–संयोजक र ७ प्रदेश संयोजकहरु चयन गरेको छ । चार दिनसम्म चलेको केन्द्रीय सचिवालयको बैठकले रामचन्द्र झा, महेश कर्मोचा र दुर्गा सोबलाई सहसंयोजक बनाएको हो । झा मधेसी कोटाबाट, कर्मोचा आदिवासी जनजातिबाट र सोब महिला एवम् दलितबाट सह–संयोजक बनेका नयाँ शक्ति नेपालका प्रवक्ता खिमलाल देवकोटाले जानकारी दिए । झाले एमाओवादी परित्याग गरेर र ओखलढुंगा निवासी कोमर्चा नेपाली कांग्रेस परित्याग गरेर नयाँ शक्तिमा लागेका थिए । सोब दलित महिला संघमा थिइन् । नयाँ शक्तिले सात प्रदेशमा सात संयोजकहरु पनि तोकेको छ । एक नम्बर प्रदेशमा पासाङ शेर्पा, दुईमा महेन्द्र पासवान, तीनमा गंगा श्रेष्ठ र चार नम्बर प्रदेशमा बलावती शर्मालाई संयोजक बनाइएको छ । यसैगरी पाँच नम्बर प्रदेशमा सुरेन्द्र चौधरी, ६ नम्बरमा भक्तबहादुर शाह र सात नम्बर प्रदेशमा लीला भण्डारीलाई संयोजक बनाइएको छ । राजनीतिक समिति संयोजकमा स्वयम् डा. बाबुराम भट्टराई छन् भने सह–संयोजक रामचन्द्र झा र महेश कोर्मोचा छन् । संगठन विभाग संयोजक देवेन्द्र पौडेल, अन्तर्राष्ट्रिय विभाग संयोजक बाबुराम पत्नी हिसिला यमी, साँस्कृतिक विभाग संयोजक नायिका करिश्मा मानन्धर र पर्यटन विभाग संयोजक अशोक शर्मा छन् । यसैगरी आर्थिक व्यवस्थापन तथा सुशासन विभाग संयोजकमा रामेश्वर खनाल चयन भएका छन् । संसदीय मामिला विभागमा केशव दाहाल, प्रशिक्षण विभागमा डम्बर खतिवडा, नीति अध्ययन तथा अनुसन्धान विभागमा डा. केशवमान शाक्य छन् । राष्ट्रिय मामिला संयन्त्रमा परशुराम तामाङ, अनुशासन आयोगमा परशुराम खापुङ र राजनीतिक संवाद समितिमा मुमाराम खनाल छन् । सचिवालय व्यवस्थापन तथा अनुगमन विभागको संयोजकमा वामदेव क्षेत्री र सहसंयोजकमा सविना अर्याल छिन् । प्रवक्ता खिमलाल देवकोटालाई सूचना, सञ्चार, प्रचार तथा प्रकाशन विभाग संयोजक बनाइएको छ । शहीद तथा वेपत्ता परिवार, घाइतेरअपांग एवं द्वन्द्व प्रभावित परिवार व्यवस्थापन विभाग संयोजक ध्रुव पराजुली, संघीय मामिला तथा स्थानीय विकास विभाग संयोजकमा रामकुमार शर्मा, सुरक्षा विभाग संयोजकमा गणेश राई, महिला बिभाग संयोजकमा कल्पना धमला, युवा विभाग संयोजकमा देवेन्द्र पराजुली र खेलकुद विभाग संयोजकमा नारायणराज पाण्डे चुनिएका छन् । शिक्षा तथा विज्ञान प्रविधि विभाग संयोजकमा डा. राजेन्द्र केसी,  स्वास्थ्य तथा योग साधना विभाग संयोजकमा डा. प्रवीण मिश्र,  जलस्रोत, उर्जा तथा भौतिक पूर्वाधार विभाग संयोजकमा हरिराम कोइराला, कानुन तथा मानव अधिकार विभाग संयोजकमा मुक्ति प्रधान, गैरसरकारी संघसंस्था संयोजन विभाग संयोजकमा दुर्गा सोव र सह–संयोजक लिली थापा छन् । दलित, अल्पसंख्यक तथा समाजकल्याण विभागको जिम्मा सुशीला सिर्पाइलीलाई र सदाचार आयोगको जिम्मा नाथुप्रसाद चौधरीलाई दिइएको नयाँ शक्ति नेपालले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।

Post a Comment

 
Top