0
गोल्डेन न्यूज संवाददाता
एकीकृत नेकपा माओबादी निकट युवाहरुको संगठन योङ कम्युनिष्ट लिग माझठाना गाउँ ईकाई कमिटीको भेलाले आगामी कार्यकालका लागि यज्ञप्रसाद तिवारीलाई अध्यक्षमा चयन गरेको छ । समितिको उपाध्यक्षमा विशाल लामिछाने, सचिवमा कृष्णप्रसाद तिवारी, सह–सचिवमा नरेन्द्र वुढाथोकी र कोषाध्यक्षमा सावित्री तिमिल्सेना रहेकी छन्। यसैगरि समितिको सदस्यहरुमा गणेश तिवारी, शोभा चन्द्र नेपाली, सन्दिप नेपाली, राजन परियार, वुद्धि बुढाथोकी, अनिल बुढाथोकी, समिक्षा भुर्तेल, आशिष भुर्तेल, सन्तोष बाँस्तोला, राजु तिवारी, सुमन कार्की, नविन केसी, मनबहादुर गुरुङ,सनिल भुर्तेल, मिलन केसी र दिपेन्द्र बुढाथोकी रहेका छन्। वाईसिएल माझठाना गाउँ ईकाई कमिटीका अध्यक्ष दिपक तिवारीको अध्यक्षतामा भएकोे कार्यक्रममा एकीकृत नेकपा माओवादी जिल्ला कमिटी सदस्य लालमोहन तिवारी, वाइसिएल जिल्ला सदस्य शन्तोष सोनाम, माझठाना गाउँ कमिटीका अध्यक्ष चेतकृष्ण भुर्तेल, कालिका उच्च मावि विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सूर्यप्रसाद तिवारी, पाटी कार्यकर्ता मेघराज भण्डारी र मंगल नेपाली लगायतले आ–आफ्नो भनाइ राखेका थिए ।

Post a Comment

 
Top