0
गोल्डेन न्यूज संवाददाता
गौरीशंकर मावि हेमजा कास्की जिल्लास्तरीय आठौं राष्ट्रपति रनिङ्ग शिल्ड विद्यालयस्तरीय खेलकुद प्रतियोगिताको नयाँ च्याम्पियन बनेको छ । आठौं संस्करणसम्म आउँदा सरकारी विद्यालय पहिलो पटक च्याम्पियन बनेको हो । शनिबार सम्पन्न प्रतियोगितामा एथलेट्रिक्समा ९० र कबडडीमा ४२ अंक सहित कुल १ सय ३२ अंक ल्याउँदै च्याम्पियन बनेको हो । च्याम्पियन गौरीशंकरले नगद १५ हजार, रर्निङ्ग शिल्ड, ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भयो । राष्ट्रपति रर्निङ्ग शिल्डको छैठांै पटकको विजेता टप्स उप–विजेतामा सीमित बन्दै नगद १२ हजार र ट्रफी जित्यो । लगातार तीन पटक च्याम्पियन बन्दै शिल्ड आफै राखेको टप्स २०७० र ७१ को पनि विजेता च्याम्पियन हो । उसले कुल १ सय ११ अंक ल्याउँदै उपविजेतामा चित्त बुझायो । उसले एथ्लेटिक्समा ७८ र भलिबलमा ४२ अंक ल्याएको थियो । एथलेटिक्समा ७९ अंक ल्याएर कास्की मोर्डनाइज्ड बोर्डिङ स्कुल तेस्रो हुँदै नगद ९ हजार र ट्रफी प्राप्त गर्यो भयो भने सैनिक आवासीय विद्यालय ५४ अंक जोड्दै चौथो भयो । शनिबार सम्पन्न कबड्डीको छात्र फाइनलमा गौरीशंकले अमरसिंह उमाविलाई २९–२८ ले पराजित गर्दै उपाधि जित्यो छात्रातर्फ शान्ति दिप बोर्डिङ स्कुलले डायमण्ड उच्च माविलाई पराजित गर्र्दै उपाधि जित्न सफल भयो । कबडडीमा छात्रमा अमरसिंहका मनोज गुरुङ र छात्रातर्फ शान्तिदीपकी कविता मगर उत्कृष्ट खेलाडी घोषित हँुदै जनही एक–एक हजार सहित ट्रफी प्राप्त गरे । विजेता विद्यालयका खेलाडीहरुलाई पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल, कास्की जिल्ला अध्यक्ष यामबहादुर गुरुङ, जिल्ला उपाध्यक्ष चक्रप्रसाद गौचन (खगेन्द्र), पोखरा उप–महानगरपालिकाका कानून अधिकृत नारायणप्रसाद शर्मा, क्षेत्रीय सदस्य सम्पन्नमान श्रेष्ठ,कास्की जिल्ला कोषाध्यक्ष दिपकबहादुर गोदार, सदस्य दिपक तिमिल्सिना, अजय पराजुली लगायतले पुरस्कार वितरण गरेका थिए । छात्रा भलिबलको उपाधि टप्सले र  छात्रतर्फको उपाधि बराह मावि भेडाबारीले जितेको थियो । भलिबल छात्रातर्फ टप्सकी मनिता आले र छात्रतर्फ बराह उमाविका पारस गुरुङ उत्कृष्ट खेलाडी घोषित हँुदै नगद ५÷५ हजार र टफी प्राप्त गरे । एथलेटिक्सतर्फ गण्डकी बोर्डिङका विकासकुमार शाह र छात्रातर्फ टप्सकी शशी चौधरी उत्कृष्ट खेलाडी घोषित हँुदै नगद ५÷५ हजार र टफी जिते ।



















Post a Comment

 
Top