0
गोल्डेन न्यूज संवाददाता
कुनै पनि संघ–संस्था उत्कृष्ट हुन नेतृत्व तह प्रभावकारी हुनुपर्नेमा जोड दिईएको छ । नेता उत्कृष्ट भएमात्र संस्थाले आफ्नो उद्देश्य प्राप्त गर्न सक्ने एक कार्यक्रमका वक्ताहरुले औंल्याए । पोखरा जेसीज वर्ष २०१६ को तेस्रो शुक्रवासरिय प्रवचनमाला अन्तर्गत शुक्रबार सम्पन्न ‘उत्कृष्टताका लागि प्रभावकारी नेतृत्व’ भन्ने विषयमा चार साधारण सदस्यहरु जेसी सन्देश पराजुली, जेसी सुवास सुवेदी, जेसी सविन प्रताप घिमिरे र जेसी भाइराज रानामगरले आफ्नो वाककला प्रस्तुत गरेका थिए । प्रमुख आमन्त्रित व्यक्तित्व साहित्यकार एवं गीतकार दुर्गा बहादुर शाह ‘बाबा’ ले नेतृत्व सँधै सकारात्मक र समाजलाई असल मार्गमा डो¥याउने हुनुपर्ने बताए । उनले जेसीआइ पोखराको यो कार्यक्रम व्यक्तित्व विकासका लागि उदाहरणीय रहेको उल्लेख गरे । मानिसको व्यक्तित्व विकासको लागि चाहिने महत्वपूर्ण गुणहरुमध्ये वाक कला पनि भएको र आफ्ना विचारहरु स्पष्ट रुपमा राख्न सक्ने व्यक्तिनै सफल हुन उनको भनाई थियो ।  पोखरा जेसीजका अध्यक्ष जेसी गोविन्द प्रसाद देवकोटाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन शुक्रवासरिय प्रवचनमाला कार्यक्रम संयोजक जेसी मोहन थापाले गरेको थिए । कार्यक्रममा ६५ भन्दा बढि जेसीआई सदस्यहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा आस्था पाठको अगुवाई जेसी मदन अधिकारीले भने स्वागत मन्तव्य बोर्ड सल्लाहकार दिपेन्द्र पहारीले गरेका थिए । यसैबीच, पोखरा जेसीज वर्ष २०१६ को तेस्रो बोर्ड बैठक र साधारणसभा शनिबार संस्थाको सचिवालय रानीपौवामा सम्पन्न भयो । भवन मर्मत तथा निर्माण, मिस पोखरा २०१६ आयोजना तथा जेसीआई वीकइण्ड कार्यक्रमबारेमा प्रारम्भिक छलफल गरिएको महासचिव सन्तोष शाहीले जानकारी दिए । तालिमको माध्यमबाट व्यक्तित्व र नेतृत्व विकास गर्ने युवाहरुको अन्तर्राष्ट्रिय संस्था जेसीआईको पोखरा शाखाले सदस्यहरुको वाककलामा निखारपना ल्याउने उद्देश्यले सन् १९८४ देखि यो कार्यक्रम सञ्चालन गर्दै आईरहेको छ । जेसीआई पोखराले शुक्रवासरीय प्रवचनमाला कार्यक्रम लगायत समुदायलाई लक्षित गरि जेसीज विकइण्ड, स्वास्थ्य शिविर, युवा तथा महिलाहरुको व्यक्तित्व र नेतृत्व विकास गर्नको लागि मिस पोखरा जस्ता कार्यक्रमहरु गर्दै आईरहेको छ ।

Post a Comment

 
Top