0
राजाराम पौडेल÷गोल्डेन
वर्षको सुरुवातमानै महाभूकम्प अनि लामो समयको नाकाबन्दीको असरबाट पोखरेली साँगीतिक क्षेत्र अछुतो रहन नसकेपनि वि.सं. २०७२ ले पोखरेली साँगीतिक क्षेत्रमा केहि आशा भने थपिदिएको छ । भूकम्प प्रभावितको उद्धार र राहतमा खटेर लागेका पोखरेली संगीतकर्मीले सुस्ताएको पोखराको संगीतको माहोललाई पुनःस्थापना गर्न क्रियाशिलता यो वर्ष बढाए । यसरी सक्रियता बढाउँदा कुनै बेला नेपाली पप गीतको राजधानी शहर भन्ने परिचय बनाएको पोखराको पप गीतको माहोल पुनः जाग्ने आशा थपिदिएको छ । यो वर्ष स्थापित बनेर पलायन भएका केही संगीतकर्मीको पुनःआगमन भयो भने केहि नवोदित संगीतकर्मीको आगमन पनि । हुन त ६० को दशकको शुरुवातदेखि नै पातलिंदै गएको एल्बम अनि गीत रेकर्डिङको संख्या तुलनात्मक रुपमा बढ्न सकेको भने अझै छैन । यो बीचमा फाट्टफुट्ट रुपमा केहि गायक तथा व्याण्डले केहि गीत रेर्कड गरेर निरन्तरता दिन खोजेपनि त्यो प्रयास पर्याप्त भने होइन ।
यो वर्ष झण्डै १० वर्ष अमेरिका पलायन भएका पोखरेली गायक कर्णदास पोखरा फर्किए । पोखरा फर्किए सँगै साँगीतिक क्षेत्रमा उनी पुनः क्रियाशिल हुदाँ र पोखरेलीलाई मात्र नभएर आम नेपाली साँगीतिक क्षेत्रलाई माया गर्ने दर्शक श्रोतामा उत्साह थपिदियो । मध्यान्ह समूहलाई पनि निरन्तरता दिने उनले योजना बनाएका छन् ।  यो वर्ष आफ्नो प्रस्तुतिमार्फत पोखरेली दर्शलाई मनोरञ्जन दिइसकेका भने नेपाल अनि नेपाल बाहिर समेत पुगेर आफ्नो प्रस्तुति राखिरहेका छन् । उनले नयाँ सोलो एल्बम ‘एउटा नयाँ आशा’ २०७३ को सुरुवातमा अष्ट्रेलिया पुगेर सार्वजनिक गरेका छन् । नेपाली साँगीतिक क्षेत्रमा पुनः सक्रिय भएर लाग्ने सोचका साथ ९ वर्षको ग्यापमा नयाँ एल्बम ‘भेडी गोठैमा’ दर्शक स्रोतामाझ पस्केको पोखरेली समूह कन्दराले साँगीतिक कार्यक्रममार्फत पनि आफ्नो क्रेज पुरानै अवस्थामा तल्लिन छ । नयाँ एल्बमका गीत मार्फत दर्शक श्रोता माझ पस्कँदा पाएको सकारात्मक प्रतिक्रियाले समूह उत्साहित छ । समूहका मुख्य भोकलिष्ट विवेक श्रेष्ठले निरन्तर रुपमा नेपाली साँगीतिक क्षेत्रमानै क्रियाशिल हुने योजना बनाएर अगाडि बढेका छन् । उनी भूकम्पपीडितको पीडामा मलम लगाउन समेत यो वर्ष निकै सक्रिय भएर लागे । यो वर्ष नेपाल र नेपाल बाहिरका कार्यक्रममा यो समूहले देखाएको सक्रियताले पोखरेली संगीतप्रेमीमा उत्साह थपेको छ । डिमोर्चा व्याण्डले पनि केहि गीत र कार्यक्रममार्फत २०७२ सालमा आफ्नो सक्रियता देखायो । यो समूह यतिबेला नयाँ एल्बम पस्कने तयारीमा रहेको मुख्य भोकलिष्ट भाष्कर ध्वज श्रेष्ठ बताउँछन् । सांगीतिक कार्यक्रमको माध्यमबाट निरन्तरता दिइरहेको नेपथ्य व्याण्ड आफ्नो सक्रियता सँगै पोखराको साख जोगाउन निरन्तर क्रियाशिल बन्यो । त्यसैलेत नेपथ्य समूहको आफ्नै बेग्लै पहिचान नेपाली साँगीतिक फाँटमा बनेको छ । देश तथा विदेशका कार्यक्रममा यो समूह वर्षभरिनै छाहिरह्यो । लोक लयमा आधारित पप गीत गाएर स्थापीत बनेको परिवेश समूहका मुख्य भोकलिष्ट तिलक बम मल्लले पनि विभिन्न तरिकाले सक्रियता बढाइरहेका छन् । उनी राजधानीमा परिवेश डिजिटल रेकर्डिङ स्टुडियो सञ्चालन गरेर आफ्नो साँगीतिक यात्रा जारी राखेका छन्
। पोखरेली गायक विनोद बानियाँको तेस्रो एल्बम ‘प्रोफाइल’ वि.स. २०७२ मा नै बजारमा आएको छ । एल्बम तयार भएको लामो समय हँुदा समेत विविध कारणले दर्शक स्रोतामाझ पस्कन नसकेका उनको सक्रियता एल्बम बजारमा आएसँगै बढ्ेको छ । त्यसैले त उनका लागि २०७२ राम्रो रह्यो । ‘एल्बम निस्कियो, दीप श्रेष्ठबाट विमोचन गर्न पाइयो साँगीतिक कार्यक्रम पनि सफल रहे पोखरेली संगीतको पुनःआगमन भए जस्तो लाग्यो’–विनोदले भने । वि.सं.२०७३ मा नयाँ एल्बमको तयारीका लागि गीत रेर्कडिङ गर्ने योजना उनको छ । विभिन्न कार्यक्रम मार्फत आफ्नो प्रस्तुति सुनाउने योजना बनाएका उनले मेलोडी अवार्ड कार्यक्रमलाई भव्य बनाउने तयारी गर्दैछन् । पोखरेली संगीतकर्मी श्यामशुङ तामाङले आफ्ले छुट्टै गीत निकाल्ने योजना नबनाएपनि विभिन्न गीतमा संगीत भरेर आफ्नो उपस्थिति वि.सं.२०७२ मा जनाइ रहे । उनी गीतको एरेन्ज गर्न र फिल्मको लागि संगीत भर्न उत्तिकै व्यस्त छन् । पोखरेली ठिटोको रुपमा परिचित धर्मेन्द्र सेवाङ राजधानीमा बसेर आफ्नो साँगीतिक यात्रालाइ निरन्तरता दिइरहेका छन् । उनको गीत ‘पहाडमा हुर्केकी’ को चर्चा २०७२ मा बढ्यो भने अन्य गीत मार्फत पनि उनी दर्शक श्रोताको माया पाउन सफल बने । केहि समय भूकम्पका कारण यो क्षेत्रमा असर परेपनि असार पछाडि पोखरेली साँगीतिक क्षेत्र पुरानै अवस्थामा फर्किएको उनी बताउँछन् । ‘
पोखरा टुरिजम रिभाइभल कमिटीको आयोजनामा साँगीतिक कार्यक्रम पोखरामा भयो भने, एकल साँगीतिक कार्यक्रम मार्फत रकम उठाएर भूकम्पपीडितलाई वितरण समेत गरे’–उनले भने । उनी रेडियो नेपालबाट प्रसारण हुने कार्यक्रम ‘भन्दै सुन्दै’ सँगको सहकार्यमा भूकम्प प्रभावित जिल्ला दौडाहमा समेत यो वर्ष निस्किए । त्यतिमात्र नभएर काठमाडांै, नवलपरासी, बुटवल, पाल्पामा कार्यक्रम गरी सिन्धुपाल्चोकमा राहत वितरण तथा अष्ट्रेलिया, हङकङ पुगरे आफ्नो प्रस्तुति राख्न समेत उनले भ्याए । वर्ष २०७३ मा ‘एयोसैयोरयौ’ बोलको गीतको भूषण दाहालको निर्देशनमा म्यूजिक भिडियो ल्याउने तयारी उनले गरेका छन् । ‘नयाँ सिर्जनालाई पनि मूर्तरुप यो वर्ष दिन्छु र साँगीतिक कार्यक्रम लिएर बेलायत, जापान पुग्ने तयारी छ’– उनले थपे । यो वर्ष उनले संगीत दिएको चलचित्र सफर, पाश्र्व गायन रहेका चलचित्र लुकामारी, होमवर्क लगायत रिलिजको तयारीमा छन् । देउराली समूहका मुख्य भोकलिष्ट शान्तराज बर्जाचार्य समूहको सक्रियता बढाएर समूहको चर्चा पुरानै अवस्थामा फर्काउन जुट्दै छन् । पोखरेली गायक दिनेश सुनार भिसिडी एल्बम बजारमा ल्याउने तयारीमा छन् । यतिमात्र हैन नयाँ व्याकअप व्याण्ड स्थापना गरेका पोखरेली गायक आनन्द बज्राचार्य आफूसँगै व्याकअप व्याण्डलाई पनि क्रियाशिल बनाइ पोखराको साँगीतिक माहोल पुनः स्थापना गर्न खोज्दैछन् ।
 राजधानीमा बसेर साँगीतिक यात्रा अगाडि बढाइरहेका पोखरेली गायक गंगाधर पराजुली ‘जिडिप’ र सिडी विजय अधिकारीले पनि आफ्नो आवाजमार्फत नेपाली साँगीतिक फाँटमा पोखराको प्रतिनिधित्व गरिरहेका छन् । त्यसो त पोखरामा स्थापना भएका व्याण्ड मध्यमा गीत रेकडिङ गर्ने तथा एल्बम बजारमा ल्याउने पहिलो व्याण्ड योङ टाइगर थियो । यो व्याण्डले एक्लो जीवन नामक एल्बम बजारमा ल्यायो सुरुमा गीत रेकडिङ गर्ने पोखरेली गायक यसै व्याण्डका गायक पृथ्वीमान गुरुङ हुन्  । यसपछि क्रमिकरुपमा गीत रेकर्डिङ र एल्बम बजारमा एकपछि अर्को गर्दै आउन थालेका थिए । यो समूहले पनि पछिल्लो समयमा एल्बम बजारमा ल्याउन भने सकेको छ्रैन । पोखराको पिस ह्यान्कि व्याण्डले पनि निरन्तरता दिन सकेन । पछ्यौरी, लेकाली, ब्रोसिस, नमस्ते, भ्यागवोन, मोक्ष, तन्त्र, पखेरी, द एज, बफिन्स–९८, मंगोलस, द संस्कार, प्रयास, गुर्मिङ रोज, मनसाय, पञ्चासे, रियाज, इसाबेला, उद्वेग, मारुनी, वाइलफाइल, माइलस्टोन, द वन्डेड हर्ट, एक्स क्षितिज, क्षितिज, त्रिवेणी, ०६१, एजु, जि नाइन लगायतका व्याण्डमध्ये केहिले साँगीतिक क्षेत्रमा निरन्तरता दिने तयारी गर्दैछन् । त्यसो त केहि नयाँ व्याण्डको स्थापना पनि पछिल्लो समयमा पोखरामा भएको छ । पोखरेली गायक सोवित बस्याल, नरजंग गुरुङ्ग, मनोज गुरुङ्ग, विनित जोजिजु, अरविन तुलाचन, सर्वज्ञमान शाक्य, सन्तोष कोन्मे, दिपराज थापा, सागर शाह, ओम गुरुङ लगायतकाले विभिन्न तरिकाले आफ्नो उपस्थिति देखाइरहेका छन् । केहि नवोदित गायक–गायिका पनि साँगीतिक क्षेत्रमा लागेर पोखराको उचाइ बढाउन सक्रिय हुन खोज्दैछन् । विभिन्न संस्थाको आयोजनामा साँगीतिक कार्यक्रमको आयोजना गर्ने क्रम बढेकोले अबको वर्ष पोखरेली साँगीतिक क्षेत्र झनै सक्रिय बन्ने संगीतप्रेमीको आशा छ ।
प्रतिक्रियाका लागि ः
उयउमष्बचथ२नmबष्।िअयm










Post a Comment

 
Top