0
विश्वव्यापी रूपमा भइरहेको औद्योगीकरण र मानव जीवनमा भइरहेको जीवनशैलीको परिवर्तनसंगै मुटुरोग मानव मृत्युको पहिलो कारण बन्न पुगिरहेको छ। पुरुष–महिला दुवैजनालाई असर पार्ने यो रोग अहिले पनि बढ्दो क्रममा छ। मुटुरोग प्राणघातक भए तापनि ८०५ हृदयघात (जभबचत बततबअप) रोकथाम गर्न सकिन्छ। विश्व मुटु महासंघका अनुसार मुटुरोगका कारण विश्वभर बर्से १ करोड ८० लाख मानिसको मृत्यु हुने गर्छ। मृत्यु हुनेहरूमध्ये ८० प्रतिशतभन्दा बढी विकासोन्मुख देशका विपन्न वर्गका जनता पर्छ्रन्। विश्व स्वास्थ्य संगठनले सन् २०२० सम्ममा विकासोन्मुख राष्ट्रहरूमा मुटुरोग महामारीकै रूपमा फैलिने भविष्यवाणी गरेको छ। मुटुरोग भन्नाले धेरैजसोले हृदयघात र हार्टफेललाई बुझ्ने गरेको पाइन्छ।
कोरोनरी मटुको रोग भनेको मटुका मांशपेशीमा रगत प्रवाह गर्न कोरोनरी रक्तनलीहरू साँगुरो वा बन्द हुनाले लाग्ने रोग हो। ह्यदयघात पनि एक प्रकारको कोरोनरी मुटुरोग नै हो। यो रोग विशेष गरी ४० वषर्भन्दा बढी उमेरका मानिसहरूमा देखिन्छ तर आजकल यो रोग युवा उमेरका मानिसहरूमा पनि देखिन थालेको छ। नेपालमा मुटुरोग बढ्ने क्रममा छ। हाल करिब १५ प्रतिशत जनतालाई कुनै न कुनै प्रकारको मुटुरोग भएको अनुमान गरिएको छ। नेपालमा १० वर्षता मुटुरोगीहरूको संख्यामा पाँच गुणाले वृद्धि भएको छ। हाल नेपालमा १८ वर्षउमेरमाथिका करिब २० प्रतिशतलाई उच्च रक्तचाप, ३ प्रतिशतलाई कोरोनरी मुटुको रोग, १० प्रतिशतलाई मधुमेह छ। यस्तै स्कुल जाने उमेरका करिब ०.२ प्रतिशतलाई बाथमुटुको रोग र त्यत्ति नै अनुपातमा जन्मजात मुटुको रोग छ।
कोरोनरी मटु रोगका कारक तत्वहरू ः सम्पूर्ण मुटुका रोगहरुको ७५ प्रतिशत हृदयाघातसँग सम्बन्धित मुटुरोगको ९० प्रतिशत कारण अव्यवस्थित जीवनशैली हो भन्ने कुरा प्रमाणित भइसकेको छ, हिजो आज धेरै व्यक्तिहरुमा मुटुसँग सम्बन्धित समस्या देखिन्छ । उच्च रक्तचाप, मधुमेह, हृदयघात, कोलेस्टेरोल, युरिक एसिड आदिको समस्या निकै बढेको देखिन्छ । मुटुका धेरैजसो रोगहरु जीवनशैलीसँग सम्बन्धित छन् । आजकल जीवनशैली व्यवस्थित छैन । अव्यवस्थित जीवन शैलीको नतिजा हो मुटुको रोग । आधुनिक सभ्यता, व्यस्त जीवन, महत्वकांक्षा, भोजभतेर, कम्प्युटर, टेलिभिजन, अत्यधिक मानसिक तनाव, व्यायामको कमी, यी नै मुटु रोग बढ्नुका प्रमुख कारणहरु हुन् ।
मुटुरोगका प्रमुख लक्षणहरू
मुटुरोगका लक्षणहरूबारे धेरैलाई जानकारी छैन। यसकारण मानिसहरू ढिला गरी उपचारका लागि अस्पताल वा डाक्टरकहाँ जान्छन्। छातीको बीच भागमा पीडा हुनु, परिश्रम गर्दा दम बढ्नु, खुट्टाहरू सुन्निनु, मुटु बेतालले धड्किनु, चक्कर लाग्नु, धाँटीको रक्तनली फुल्नु वा चल्नु, बाल्यकालमा जोर्नीहरू दुख्नु र साथमा ज्वरो पनि आउनु, जिब्रो,औंलाका टुप्पाहरू नीलो हुनु आदि सबै मुटुरोगका लक्षणहरू हुन सक्छन्। शारारीक परिश्रम गर्ने वा मानसिक तनावमा छातीको बीच भागमा वा देब्रेतीर भएर ढुङ्गाले थिचेको जस्तो अनुभव हुन्छ। आराम गरेपिछ हराएर जान्छ। यो लक्षणलाई एन्जाइना भनिन्छ। कसै( कसैलाई भने पहिलो पटक नै असहूय तरिकाले छाती दख्नु, देब्रे छातीतिर झनै श्वास फेर्न गार्हो हुने, चिटचिट पसिना आउने, वाकवाक लाग्ने जस्ता हृदयघातका लक्षणहरू देखिन्छन्, जस मध्य एक तिहाई बिरामीको अस्पताल पुग्नभुन्दा अगाडी नै मृत्यु हुन्छ।
हृदयघातबाट बच्ने उपाय ः
स्वस्थ भोजनस् प्रशस्त फलफूल, हरियो सागसब्जी खानुहोस् साथै चिनी, नून र चिल्लो एकदम कम गर्नुहोस्। नियमित शारिरिक कसरत र व्यायाम गर्नुहोस्स् दैनिक रूपमा ३० मिनेट (आधा घण्टा) मात्रै भने पनि व्यायाम गर्नु मुटुको स्वस्थको लागि एकदमै राम्रो हो। धूम्रपान साथै सूर्तिजन्य पदार्थको सेवन नगर्नुहोस्स् सूर्ति र तमाखु, सिगरेट (चुरोट), सिगार अथवा खैनी (सूर्ती स्वास्थ्यको लागि एकदमै हानिकारक हुन्छ। 
यसको उपयोग नगर्नु नै रोकथामको लागि एकदम उत्तम तरिका हो। त्यसैगरी सेकेण्ड–ह्यान्ड धूम्रपान (अर्थात तपाईको छेउमा रहेर कसैले चुरोट पिउनु) को सम्पर्कमा पर्नु पनि स्वास्थ्यको लागि हानिकारक हुन्छ। मुटुका केही रोगहरू जस्तै (उच्च रक्तचाप, उच्च रक्त कोलेस्टेरोल, मधुमेह आदिको कुनै लक्षणहरू नहुन पनि सक्छ। यी रोगहरू परीक्षण गरेपछि मात्र पत्ता लाग्छ। यसकारण मुटुरोगको कुरा गर्दा नियमित स्वास्थ्य परीक्षणलाई धेरै महत्व दिइन्छ। मानिसको आकस्मिक मृत्यु धेरैजसो मुटुरोगकै कारणबाट हुन्छ।
उपचार
नियमित जाँच गरी हृदयघातको जोखिम नियन्त्रण
रक्तचाप थाहा पाइराखौँः रक्तचाप कति छ पत्ता लगाउनको लागि रक्तचाप नाप्नु पर्ने हुन्छ। नियमित रूपमा आफ्नो ब्लडप्रेसर नापी राख्नुस्! रगतमा ग्लुकोजको मात्रा बढ्नु हृदयघात हुने सक्ने सम्भावना बढ्नु हो स त्यसैले यदि तपाईलाई मधुमेह (डाइबिटिज) छ भने आफ्नो रगतको ग्लुकोजको मात्रा नियन्त्रण गर्नु एकदमै आवश्यकता पर्दछ। त्यसैगरी रगतमा हुने कोलेस्ट्रोलको मात्रा बढ्नु पनि मुटुको लागि घातक हुन्छ। स्वस्थ खाना, शारीरिक व्यायाम र आवश्यक परेमा औषधीको सेवन गरेर पनि कोलेस्ट्रोलको नियन्त्रण गर्न सकिन्छ। बेलाबेलामा रगतमा कोलेस्टेरोलको मात्रा र मुटुको भ्ऋन् गराउनुपर्छ । नेपालमा मुटु सम्बन्धी गरिने शल्यक्रिया एन्जियोप्लास्टी र बाइपास उपचार उपलब्द छ । हृदयघात भएका तर अन्य रोगका कारण शल्यक्रिया गर्न नमिल्ने बिरामीले अब आत्तिनु पर्दैन। यस्तो अवस्थाका बिरामीलाई मुटुको नशा खोलेर उपचार गर्ने इन्ह्यान्स एक्ट्रनल काउन्टरपल्सेसन (इइसिपी) विशेषज्ञ सेवा नेपालमै सुरु भएको छ। गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रले पहिलो पटक सुरु गरेको यस उपचार सेवामा चिरफार गर्नुपर्दैन। अस्पताल भर्ना पनि हुनुपर्दैन। अस्पतालले दिएको समयमा प्रत्येक दिन गएर यो उपचार गराउन सक्छन्।
नियमित स्वास्थ्य परीक्षण
गंगालाल हृदय केन्द्रका निर्देशक डा. मनबहादुर केसीका अनुसार, जाडो महीनामा स्वस्थ व्यक्तिको पनि रक्तचाप एक्कासी बढ्ने भएकाले हृदयघात सम्बन्धी समस्या बढ्छ। गर्मीमा सामान्य रहेको रक्तचाप जाडोमा बढ्दा अस्पताल आउनुको साटो मानिसहरू ‘मर्निङ वाक’ मा निस्केर हृदयघातको शिकार भएको डा. केसी बताउँछन्। ‘हृदयघात घटाउने उपाय भनेको नियमित स्वास्थ्य परीक्षण र स्वस्थकर जीवनशैली नै हो’, डा. केसी भन्छन्। केन्द्रका वरिष्ठ विशेषज्ञ डा. शर्माका अनुसार, हृदयघात भएको एक घण्टाभित्र एकतिहाइ बिरामीको मृत्यु हुन्छ। यो अस्पताल पुग्न नपाउने संख्या हो। अस्पताल पुगेका पनि १०० मध्ये ९० जनालाई मात्र बचाउन सकिन्छ। मानिसको जीवनशैली परिवर्तनले यस्तो स्वास्थ्य समस्या ल्याएको डा. शर्मा बताउँछन्। वीर अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मी जीवनशैलीकै कारण हृदयघात जस्ता नसर्ने रोगले युवालाई पनि सताउन थालेको बताउँछन्।

किन बन्द हुन्छ महिनावारी ?
धेरै महिलालाई आफ्नो महिनावारी बन्द हुने अवस्थाका बारेमा जानकारी नहुँदा समस्या हुने गरेको पाइन्छ । महिनावारी भइरहेका महिलामा लगातार छ महिनादेखि एक वर्षसम्म महिनावारी नभएमा बन्द हुने अवस्थामा पुगेको मानिन्छ । साधारणतः ४५ वर्षदेखि ५५ वर्ष्भित्र बन्द हुने भए पनि धूमपान र कुपोषणका कारण सो समयभन्दा अगावै पनि महिनावारी बन्द हुन सक्छ । प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा ज्योति अग्रवाल प्राकृतिक तथा शारीरिक, विभिन्न रोग तथा कृत्रिम कारणले महिनावारी बन्द हुने बताउँछन् । 
उमेर पुगेका कारणले अण्डाशयको कार्यह्रास हुँदै जानु, प्रजनन प्रणालीमा गम्भीर सङ्क्रमण या अस्वाभाविक मासुको डल्ला बढ्नु र कुनै प्रकारको विकिरण वा डिम्ब विकास हुनमा बाधा परेमा पनि महिनावारी रोकिन सक्छ ।
कुनै शल्यक्रिया गरी पाठेघर र डिम्बाशय निकालेमा पनि महिनावारी बन्द हुन सक्छ । डा ज्योतिका अनुसार महिनावारी बन्द हुँदा शारीरिक र मानसिक लक्षण देखिने गर्दछन् । शारीरिक लक्षणमा अनुहार, घाँटी तातो हुने, राति पसिना आउने, निन्द्रा नलाग्ने, टाउको दुख्ने, यौनक्रियामा मन नलाग्ने, हातखुट्टाका जोर्नी दुख्ने, योनी सुक्खा हुने, सङ्क्रमण हुने, चिलाउने, पिसाब छिटोछिटो लाग्ने, रोक्न गाह्रो हुने, छाला सुक्खा हुने र  शरीरमा केही हिँडेको जस्तो अनुभव हुनेजस्ता लक्षण देखा पर्दछन् ।
झर्कने वा चिड्चिडाहट हुने, दिक्क लाग्ने, मन स्थिर नहुने, मन उदास हुने, स्मरणशक्ति कम हुनाका साथै एकाग्रता गर्न नसक्ने (भुल्ने बानी) र चिन्ता लाग्नेजस्ता मानसिक लक्षण देखा पर्दछन् । यस्ता समस्या देखिएमा आराम लिने, धुम्रपान, मद्यपान नगर्ने, कफी, चिया, नुन र चिल्लो  कम खाने, योगा, ध्यान गर्ने, चाख लाग्दा किताब पढ्ने, रमाइलो क्रियाकलापमा शारीरिक सक्रियतालाई निरन्तरता दिई राख्नुपर्ने चिकित्सकको सुझाव छ ।
महिनावारी बन्द भएपछि केही महिलामा हाड कमजोर हुने, पिसाब रोक्न नसकिने, पाठेघर बाहिर आउने वा आङ खस्ने, मुटु रोग देखा पर्ने, दृष्टि कमजोर हुँदै जाने, तौल बढ्ने र कसैकसैलाई स्तन क्यान्सर पनि हुनसक्छ । यस्ता समस्याबाट बच्न सागपात, माछा, मासु, दूध पोषण र क्याल्सियमयुक्त खानेकुरा खाने, धूमपान र मद्यपान नगर्ने, घाममा बस्ने, गरेमा हड्डी बलियो हुन्छ ।
तल्लो पेटको मांशपेसीलाई खुम्च्याउने खालको व्यायाम गर्ने, बेलाबेलामा स्वास्थ्य परीक्षण गराउने, गह्रौँखालका सामान नउठाउने  र महिनाको एकपटक स्तन आफैँले जाँच गर्ने गर्नुपर्छ । सकेसम्म वर्षको एकपटक स्तनको एक्स–रे (मेनोग्राम) गरी चिकित्सकलाई देखाउने गरेमा यी समस्याबाट बच्न सकिन्छ ।रासस
अदुवादेखि तिते करेला सम्मका औषधीय गुण ?

खाद्य पदार्थ केवल हाम्रो पेट भर्नका लागि वा शक्ति प्रदान गर्नका लागि मात्र उपयोगी हुँदैनन् यिनीहरुमा औषधीय गुण पनि हुन्छ । हामीले दैनिक रुपमा प्रयोग गर्ने विभिन्न खाद्य पदार्थमा समेत औषधीय गुण रहेको हुन्छ, जसबारेमा हामीलाई पत्तो नहुन पनि सक्छ । हामीले भोक शान्त पार्न वा स्वादका लागि मात्र यस्ता परिकार खाएका हुन्छौँ तर यस्ता खाद्यपदार्थले प्राकृतिक औषधिको काम गरिरहेका हुन्छन् । औषधीय गुण भएका दश खाद्य परिकार यस प्रकार छन् ः
अदुवाः अदुवालाई सर्दी वा चिसो भगाउने औषधि नै मानिन्छ । सुख्खा खोकी लागेमा, शरीरमा चिसो घुसेमा अदुवा पोलेर मुखमा राखेर विस्तारै चपाउने वा अदुवा राखेको पिरो पिरो चिया पिउनु लाभदायक मानिन्छ ।
खुर्सानी ः खुर्सानीमा यस्तो तत्व पाइन्छ जसले सरीरमा दुखाइ कम गर्छ । खुर्सानी सेवन गर्नाले दुखाइ अनुभूति गराउने रसायनको उत्सर्जन रोकिदिन्छ, जसका कारण दुखाइ कम हुन्छ ।
तिते करेलाः तिते करेला मधुमेहका रोगीलाई निकै लाभदायक मानिन्छ । मधुमेहका रोगीले दिनहुँ तिते करेलाको तरकारी खाएमा सरीरमा इन्सुलिनको मात्रा सन्तुलित हुन्छ ।
महः महलाई सर्वोषधि वा सबै रोगको औषधि भनिन्छ । महको सेवनबाट शरीरका आन्तरिक रोगलाई निको पार्न सघाउ पुग्ने छ छँदैछ काटेको घाउमा मह दल्नाले पनि घाउ पाक्न पाउँदैन र छिटो निको हुन्छ ।
जैतुनको तेल ः कपालमा परेका जुम्रा निर्मूल पार्न कामयावी हुन्छ । यसले जुम्राबाट हुने इन्फेक्सन रोक्न मद्दत गर्छ । पैतला फुटेर हैरान हुनुभएको छ । यदि हो भने तपाइँले कालो चिया पिउने मात्र होइन कालो चियाले खुट्टा धुनुहोस् । कालो चियाले लगातार खुट्टा धुने बानी बसाल्दा खुट्टा फुट्ने समस्या हट्छ र तपाइँको पैतला मुलायम बन्छ । यदि गाडीमा चढ्दा वा यात्रा गर्दा उल्टी हुने समस्या छ भने कागती खानुहोस् र गाडिमा चढ्नुहोस् । गाडिमा बसिसकेपछि पनि लगातार कागती चाटिरहनुहोस् ।
यदि तपाइँको छाला घामले डढेको छ भने काँचो दूधले नियमित धुनुहोस् । जसले तपाइँको छालालाई उज्यालो बनाइदिनेछ । पानी पिउन मन नलाग्ने समस्या छ । त्यसो हो भने खरभुजा प्रसस्तै खानुहोस् । यसले फलफूल खानुको फाइदा सँगै पानीको कमीपनि हुन दिँदैन ।
भिन्डी ः मधुमेहका रोगीका लागि अचूक औषधि हो । भिन्डीलाई काटेर रातभर पानीमा राख्नुहोस् । अर्को विहान उक्त पानी भिन्डीका छोक्रा फालेर मज्जाले पिउनुहोस् । नियमित यसो गर्दा मधुमेहका रोगीलाई निके फाइदा पुग्छ ।





Post a Comment

 
Top