0
गोल्डेन न्यूज संवाददाता
पोखराको मासवारमा अवस्थित मदरल्यान्ड उच्च माविमा शिक्षक अभिभावकबीच अन्तरक्रिया कार्यक्रम शनिबार सम्पन्न भयो । उपलब्धिमूलक शिक्षण सिकाइमा शिक्षक, अभिभावक र विद्यार्थीको त्रिकोणात्मक सम्बन्धलाई मध्यनजर गर्दै आयोजित कार्यक्रममा कक्षा युकेजी र १ का कक्षा शिक्षक र अभिभावक बीच अन्तरक्रिया भएको थियो । विद्यार्थीहरु सिद्धान्त गिरी, अङ्किता तिमिल्सिना, श्रेया परियार र अतिव कोइरालाले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा विद्यालयका प्राचार्य प्रेमनारायण पोखरेलले वाल विकासका निम्ति आवश्यक क्रियाकलापहरुका वारेमा सहजीकरण गरेका थिए । उनले बच्चालाई आफ्नो काम आफैँ गर्न लगाई स्वनिर्भर बनाउने, पठन–पाठनको वातावरण तयार गर्ने, अरुसँग तुलना नगर्ने आदिजस्ता विषयमा प्रकाश पार्दै निरन्तर मूल्याङ्कन पद्धतिका बारेमा पनि जानकारी गराएका थिए। कार्यक्रममा अभिभावकहरु प्रमोद भण्डारी, अम्विका शर्मा, श्रीकृष्ण पन्थी, डा. तारा कोइराला, बलबहादुर थापा, कृष्ण सुवेदी र भगीरथ शर्मा लगायतले समयानुकूल व्यावहारिक शिक्षामा जोड दिएका थिए । विद्यालयका प्रमुख प्रशासक नारायण बरालले अध्यक्षतामा भएको  कार्यक्रमको सञ्चालन प्रावि इन्चार्ज केशु शर्माले गरेकी थिइन।  यसैगरी लेखनाथ–८ शिशुवामा रहेको कञ्चनजङ्गा एकेडेमिक सेन्टरमा शुक्रबार मानव वेचविखन विरुद्घ हाम्रो दायित्व शीर्षकमा वक्तित्वकला सम्पन्न भएको छ । प्रिन्सिपल सन्दिप अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा अञ्जना गिरी प्रथम, सुदिप ओझा द्वितीय तथा निकिता शर्माले तृतीय स्थान हाँसिल गरे। प्रतियोगिताको निर्णायकमा बिष्णुहरि पौडेल र शिक्षिका शर्मिला काफ्ले रहेका थिए भने कार्यक्रमको सञ्चालन शिक्षक सुमन जिसीले गरेका थिए । यसैगरी लेखनाथको रुपा सहकारीद्वारा संचालित मन्टेश्वरी किड्स होममा अभिभावक भेला तथा अन्तरक्रिया कार्यक्रम विद्यालय प्राङ्गण गगनगौंडामा सम्पन्न भयो । कार्यक्रममा अभिभावकहरुले उठाएका सल्लाह सुझाबहरुको बारेमा छलफल गरी सम्बोधन गदौ आगामी दिनहरुमा अभिभावकका सल्लाह सुझाबहरु अनुसार गतिबिधिहरु अगािी बढाउने प्रतिबद्धता बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रिन्सिपलले व्यक्त गरे । कार्यक्रमको सभाध्यक्ष बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुन्दर पराजुली रहेका थिए । स्वागत मन्तव्य रुपा सहकारीका अध्यक्ष ध्रुब के.सी.र कार्यक्रम संचालन शिक्षिका आश्ना गुरुङ्गले गरेकी थिइन ।

Post a Comment

 
Top