0
गोल्डेन न्यूज संवाददाता
लेखनाथ नगरपालिका वडा नं–१३ मालेपाटनमा रहेको रुची पोल्ट्री फर्मको नवौं स्थापना दिवसको अवसर पारेर विभिन्न क्षेत्रमा काम गर्दै आएका उत्कृष्ट कर्मचारीहरु लाई सम्मान गरेको छ। कम्पनी स्थापना कालदेखि बर्तमान अवस्थासम्म अभिछिन्न रुपले सेवा पु¥याउँदै आएका उत्कृष्ठ १५ कर्मचारीहरुलाई कामको उच्च मूल्याङ्कन गर्दै स्थापना दिवसको अवसर पारेर सम्मान गरिएको हो। प्रति हप्ता ९०हजार बोईरलका चल्ला उत्पादन गर्दै आएको कम्पनीमा हाल बिभिन्न क्षेत्रमा गरि ६१ जना कर्मचारीहरुले काम गर्दै आएका छन्। 
सम्मान पछिको कार्यक्रममा बोल्दै क्षेत्रीय पशुसेवा कार्यालय पोखराका निर्देशक देवनन्दन साहाले कुखुराको मासु र अण्डाबाट देशलाई आत्मनिर्भर बनाउने हो भने ब्यवसायिक उत्पादनको माध्यबाट किसानहरुलाई माथि उठाउनु पर्नेमा जोड दिएका थिए। रुचि पोल्ट्री फर्मका उपाध्यक्ष मडिनाथ लोहोनीको अध्यक्षतामा भएको सो कार्यक्रममा राष्ट्रिय पुशु प्रजनन केन्द्रका पोखराका प्रमुख डाक्टर बसन्त मानन्धर,क्षेत्रीय पशुरोग प्रयोगशालाका बरिष्ठ पशु चिकित्सक डाक्टर केदार पाण्डे, संस्थाका प्रमुख कार्यकारी अधिकृत डाक्टर सुभनारायण महतो, कार्यकारी ब्यवस्थापक र संचालक समितिका सदस्य गणेशवहादुर भट्टराई लगायतले उत्पादनसिल क्षेत्रमा लगानी बढाउने हो भने कोही पनि नेपाली रोजगारीका लागि विदेशिनु नपर्नेमा जोड दिएका थिए।





Post a Comment

 
Top