0
बाघमारा बचत तथा ऋण सहकारी संस्था, भरतपोखरीले चौथो वार्षिकोत्सव अवसरमा आइतबार पोखरा बृद्धाश्रमका बृद्धबृद्धालाई सम्मान गरेको छ । संस्थाले उक्त अवसरमा फलफूल तथा खाद्यान्न वितरण गरेको छ । व्यावसायिक कृषि, पशुपालन, शैक्षिक एवं साना तथा मझौला उद्यमशीलताको विकासका लागि सामाजिक उत्तरदायित्व सहित संस्थाले उक्त सम्मान गरेको अध्यक्ष डिल्लीराम बरालले जानकारी दिए ।कार्यक्रममा ९७ वर्षका रिवान गाविसका नन्दलाल दाहाल र पोखरा २३ निर्मलपोखरीकी ८७ वर्षीया उमादेवी पौडेल र पोखरा बृद्धाश्रमका अध्यक्ष बसन्तकेशव पराजुलीलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो । बृद्धाश्रममा १४ जिल्ला ६४ जना बृद्धाबृद्धा आश्रित छन् । प्रमुख अतिथि जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष रविरमण तिवारी र संस्थाका अध्यक्ष डिल्लीराम बरालले उनीहरुलाई सहयोग स्वरुप फलफूल र खाद्य सामग्री वितरण गरेका थिए । तिवारीले सामाजिक उत्तरदायित्व स्वरुप यस खालको कार्यक्रम गरेकोमा प्रशंसा गरे । उनले विभिन्न जिल्लाका सहकारीहरुले क्षमता अनुसार बृद्धाश्रममा आएर सहयोग गरेमा पुण्यलाभ हुने बताए । कार्यक्रममा छोरेपाटन उच्च मावि विद्यालय व्यवस्थापन समिति अध्यक्ष समाजसेवी टीकारम पौडेल, कार्यक्रम संयोजक राममोहन आचार्य, जिल्ला सहकारी संघ लेखा समिति सदस्य महेश्वर अधिकारी, संस्थाका लेखा समिति संयोजक तुलसीमणि अधिकारी, ऋण समिति संयोजक बाबुराम लामिछाने, शिक्षा समिति संयोजक प्रकाश अधिकारी, सचिव नन्दलाल काफ्ले, पालुवा बचत तथा ऋण सहकारी अध्यक्ष टुल्कनाथ आचार्य, पोखरा बृद्धाश्रमका अध्यक्ष बसन्तकेशव पराजुलीले मन्तव्य व्यक्त गरेका थिए । २०७० साल बैशाख २० मा स्थापित सहकारीमा हाल ५ सय ६४ शेयर सदस्य छन् । संस्थाले ५ करोड निक्षेप संकलन गरेको छ भने ४ करोड २५ लाख रुपैयाँ कृषि र व्यवसाय क्षेत्रमा लगानी गरी ग्रामीण क्षेत्रको सहकारी विकासमा नमुना बनेको छ । सहकारीले विविध कार्यक्रम सहित वार्षिकोत्सव मनाउँदैछ ।




Post a Comment

 
Top